२८ जेठ २०८३, बिहीबार

तीन महिनाभित्र एमाले पार्टी कार्यालय च्यासलमा सर्ने, बैठक बस्न नयाँ हल बनाइने

तीन महिनाभित्र एमाले पार्टी कार्यालय च्यासलमा सर्ने, बैठक बस्न नयाँ हल बनाइने

नेकपा एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सार्ने भएको छ । 

मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भवनको मर्मतसम्भार गरी तीन महिनाभित्र सम्पूर्ण रुपले पार्टी कार्यालय च्यासलमा सार्ने निर्णय गरेको हो । 

बिहीवार जारी एमालेको अन्तर पार्टी निर्देशन (अपानि)मा केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी च्यासलमा पार्टीको लगानीमा सभाहल बनाउने निर्णय भएको उल्लेख छ । 

बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले ढालेपछि एमालेको कार्यालय धुम्बाराहीमा सारिएको थियो । चक्रपथ विस्तारको तयारी भएपछि धुम्बाराहीको कार्यालय थापाथलीमा सरेको छ । 

गत वैशाखमा थापाथलीमा सरेको कार्यालय साँघुरो भएको र पर्याप्त पार्किङको व्यवस्था नभएपछि च्यासलमा कार्यालय सार्न लागिएको हो । 

पाँच वर्षसम्म च्यासलबाट कार्यालय सञ्चालन गर्ने गरी तुल्सीलाल स्मृति प्रतिष्ठानसँग सहमति भएको एमालेले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्