२५ असार २०८३, बिहीबार

कांग्रेस महाधिवेशनः सहमहामन्त्री खसआर्यमा राठौरको अग्रता

कांग्रेस महाधिवेशनः सहमहामन्त्री खसआर्यमा राठौरको अग्रता

कांग्रेसको सहमहामन्त्री (खस/आर्य)मा किशोरसिंह राठौरले अग्रता लिएका छन् । २०० मत गन्दा राठौर १०७ मत र देवराज चालिसेले ९१ मत पाएका छन् । 

राठौर देउवा प्यानलका हुन् भने चालिसे कोइराला प्यानलका हुन् । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ । 

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ । 

आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्