२१ जेठ २०८३, बिहीबार

साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानको सामना गर्ने

साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानको सामना गर्ने

यू-१९ को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले शुक्रवार भुटानसँग सामना गर्ने भएको छ ।

बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भुटानसित भिड्ने छ ।

सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ ।

फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नैपर्ने छ । जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको थियो । भुटानले तीन खेलबाट ३ अंक जोडेको छ ।

चौथो स्थानमा रहेको भूटानले पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग भुटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

भारत दुई खेलमा जित हासिल गर्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलको बङ्गलादेश चार अंकका साथ दोस्रो स्थानमा छ भने पाँचाैंमा स्थानमा रहेको श्रीलंका लगातार तीन खेलमा हार बेहोर्दै अंकविहीन छ । श्रीलंका उपाधि होडबाट बाहिरिएको छ ।

पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्