
नेपाली कांग्रेसको सहमहामन्त्री (मधेशी)मा महेन्द्र यादवले अग्रता बनाएका छन् ।
२००० मत गन्दा महेन्द्रले १००६, रामकृष्ण यादवले ७३६ र रञ्जित कर्णले २५८ मत पाएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेशी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ ।
महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ ।
आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।