३० असार २०८३, मंगलबार

सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

२०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँ पचास पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा बराबरको बोनश शेयर वितरण गर्ने बैंकले जनाएको छ ।

यस्तै कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम  दुई करोड ७३ लाख एक चालिस हजार छत्तिस रुपैयाँबराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरे । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गरिनेछ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्