×

NIC ASIA

विभत्स हत्या

कैलालीमा २५ वर्षीय युवकको विभत्स हत्या : कुकुरसहित पुगेको प्रहरीले भेट्टायो ‘अडियो रेकर्ड’

पुस ४, २०७८

Prabhu Bank
NTC
घटनास्थल/तस्वीर : लखन चौधरी
Premier Steels

कैलाली जिल्लामा भूपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै अर्को क्रुर हत्या प्रकरण बाहिरिएको छ ।

Muktinath Bank

जिल्लाको जानकी गाउँपालिका ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्या गरिएको घटना बाहिर आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार उनको हत्या अति नै क्रुर र विभत्स ढंगले गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार दासको हत्या जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा करिब १ किलोमिटरभित्र घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको छ ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘रुखमा बाँधिएर नग्न बनाइएको छ । दुईवटै हात समेत पछाडि पारेर बाँधिएको छ । पछि घाँटी रेटेर टाउको छिनालिएको देखिन्छ ।’

Vianet communication

सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दास पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको टोली अनुसन्धानमा जुटेको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर फिर्ता भएको छ । 

त्यस्तै, प्रहरीले मृतकका परिवारजनबाट अडियो रेकर्ड समेत फेला पारेको छ । सो अडियो रेकर्डबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

‘हामी अनुसन्धानमै छौ । डग स्निफिङ गरायौँ । अडियो रेकर्डसहित केही क्लु फेला परेको छ । हामी शंकास्पद व्यक्ति उप्पर अनुसन्धान बढाएका छौँ । हिजो राति भइसकेकोले आज मृतकको शव उठाउने काम होला ।’

स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजुसहित रहेका थिए ।

स्थानीयका अनुसार सो क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै आएको छ । त्यसमध्ये दास पनि लागुऔषध प्रयोगकर्ता हुन सक्ने आशंका गरिएको छ । तर यसबारे प्रहरीले पुष्टि गरेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x