३० जेठ २०८३, शनिबार

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, गैरसैनिक पनि सहभागी हुन सक्ने

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, गैरसैनिक पनि सहभागी हुन सक्ने

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने भएको छ । 

नेपाली सेनाका विविध गतिविधिहरूलाई फोटोहरूको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले सेनाले प्रतियोगिता सञ्चालन गर्ने भएको हो । 

गत वर्षदेखि नेपाली सेनाले आन्तरिक रुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेको थियो । यस वर्षबाट भने प्रतियोगितामा गैरसैनिक व्यक्तिहरूलाई समेत समावेश गराइने सेनाले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुन आवश्यक फोटो तथा विवरणहरू गैरसैनिक व्यक्तिको हकमा माघ २१ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेज भित्र रहेको लिङ्कमा अपलोड गर्नुपर्नेछ । प्रतियोगितामा २०७७ देखि २०७८ सम्म खिचिएका तस्वीरहरूलाई मात्र समावेश गरिने नेपाली सेनाले जनाएको छ । 

सेनाका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोहरूलाई क्रमश नगद ५० हजार, ३५ हजार र २५ हजार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्