
नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाको अग्रता कायमै छ ।
पार्टी मुख्यालय सानेपामा ३०५० मतगणना हुँदा संग्रौलाले १९०६ मत प्राप्त गरेकी हुन् । दोस्रोमा रहेकी पुष्पा भुसालले १८०७ मत पाउँदा आरजु राणा १६८८ मत पाएर तेस्रो स्थानमा छिन् ।
शीर्ष ९ भित्र क्रमश: अम्बिका बस्नेत १५२९, ईश्वरी न्यौपाने १४९४, सरिता प्रसाईं १३७१, रमा कोइराला १२३६, सुशीला ढकाल ११९५ र रंगमति शाही ११८८ छन् ।
खुला महिला केन्द्रीय सदस्यतर्फ ३० उम्मेदवार रहेकोमा ९ जना निर्वाचित हुनेछन् ।