२० असार २०८३, शनिबार

माओवादी बागमती प्रदेशको चुनावमा २७ प्रतिस्पर्धी

माओवादी बागमती प्रदेशको चुनावमा २७ प्रतिस्पर्धी

नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि भएको मतदानमा २७ जना प्रतिस्पर्धी रहेका छन् । निर्वाचन समितिले तय गरेको मनोनयन दर्ताको समयमा २९ जनाले उम्मेदवारी दिएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि २७ जना प्रतिस्पर्धीको अन्तिम टुंगो लागेको हो ।

जसअनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने सचिवमा ३ जनाको उम्मेदवारी परेको छ । यस्तै सहसचिव पदमा पनि ९ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष र सहसचिव ३–३ जना निर्वाचित हुन्छन् भने अध्यक्ष, सचिव र कोषाध्यक्ष १–१ जना निर्वाचित हुन्छन् ।
अध्यक्षसहितको पदाधिकारी चयनका लागि राजधानीको एक पार्टी प्यालेसमा मतदान जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्