
क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नको लागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमी सगं सहकार्य गर्ने भएको छ ।
यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।
क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलियन डलरको हुने अनुमान गरिएको छ ।
उद्योग व्यवसायमा बढ्दो सुचना प्रविधिको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो माग रहेको छ ।
यस क्षेत्रमा विश्वव्यापीरूपमा रोजगारीका नयाँ अवसरहरू सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रक्चर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जाँदा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३% ले रोजगार वृद्धी भएको देखिन्छ ।
सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको विषयमा अध्यापन गराउदैं आएको छ ।
संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले भने,'यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं । साथै यस कार्यकोलागी जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदाँ अत्यन्तै हर्षित छौं” ।'
जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो ।
जेनेस क्लाउड एकेडेमीले सुचना प्रविधि र प्रबर्द्धनका विद्यार्थीहरुलाई विभिन्न किसिमका उपकरण तथा स्रोतहरु प्रदान गर्ने लक्ष्य राख्दछ जुन उनीहरुले क्लाउड कम्पुटिङ्गको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुको साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वन गर्न सक्ने छन् ।
यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको कार्य सजगता निर्माण गर्ने हो, जसले उनीहरु क्लाउड कम्पुटिङ्ग क्षेत्रमा सजिलै प्रवेश गर्न सक्षम हुनेछन् ।
जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फ्युयालले यस्तो सहकार्यको आवश्यकता माथी जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जी सी ए र जी सी ए का सहयात्री संस्थाहरूमा इन्टर्नसीप गर्न पाउने छन भनि बताएका छन् ।
सो कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले पनि सम्बोधन गरेका थिए ।
कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुको लागी पुर्ण छात्रवृत्ति उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठित छात्रवृत्ति छनौट समितीले गर्नेछ ।