
पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ नमूना परीक्षणमध्ये ३४९ पीसीआर र एक जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५८२ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ३४९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १० हजार २७१ पुगेको छ ।
हाल मुलुकभर ५ हजार ४८ सक्रिय संक्रमित छन् ।