०७ असार २०८३, आइतबार

गण्डकी प्रदेश छनोट क्रिकेटमा स्याङ्जा विजयी

गण्डकी प्रदेश छनोट क्रिकेटमा स्याङ्जा विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पोखरा रंगशालामा जारी गण्डकी प्रदेश छनोट प्रतियोगिताअन्तर्गत शुक्रवारको खेलमा स्याङ्जा विजयी भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा स्याङ्जाले तनहुँमाथि ३ रनको रोमाञ्चक जीत निकालेको हो ।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले निर्धारित ४० ओभरको खेलमा ३३ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२३ रनको योगफल तयार गरेको थियो ।

स्याङ्जाको तर्फबाट सन्दीप क्षेत्रीले ४० तथा ईश्वर क्षेत्रीले २५ रन जोडे । तनहुँका बलरहरू दिनेश बुढामगरले ३ तथा अभिषेक बस्नेतले २ विकेट लिए ।

जीतका लागि १२४ रनको लक्ष्य पछ्याएको तनहुँ जीतको नजिकै पुगेर पनि सफलता हासिल गर्न सकेन । तनहुँका खेलाडीहरू ३७ दशमवल ५ ओभरमा १२० रनमा अलआउट हुन पुगे । तनहुँका समिर कँडेलले ३५ रन जोडे पनि अन्य ‘ब्याट्स म्यान’हरूले उल्लेख्य रन जोड्न सकेनन् ।

स्याङ्जाको बलिङतर्पm ‘म्यान अफ द म्याच’ अशोक श्रेष्ठले ३ विकेट लिए । ईश्वर खनाल, विपिन राज न्यौपाने र सुरज गुरुङले समान १/१ विकेट लिए । गण्डकी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कपका लागि गण्डकी प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो । 

पुस १३ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुर गरी ४ जिल्लाको सहभागिता रहेको संघका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्