१२ असार २०८३, शुक्रबार

मृत भेटिएका एसएसपी यादवका परिवारलाई गृहमन्त्री खाँणले भेटे

मृत भेटिएका एसएसपी यादवका परिवारलाई गृहमन्त्री खाँणले भेटे

गृहमन्त्री बालकृष्ण खाँणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत अवस्थामा फेला परेएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवका परिवारसँग भेटघाट गरेका छन् ।

शुक्रवार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाँणले एसएसपी यादवका परिवारसँग भेट गरी घटनाबारे जानकारी लिए ।

एसएसपी यादवको शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएको थियो ।

गृहमन्त्री खाँणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशन समेत दिए । प्रहरी प्रवक्ता बसन्त कुँवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्