×

NMB BANK
NIC ASIA

कांग्रेस सभापतिको प्रमाणपत्र लिएपछि देउवाले भने- सबैको सभापति हुने प्रयास गर्छु

पुस १०, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीको सबै सदस्यको साझा सभापति हुने गरी काम गर्ने बताएका छन् । 

Muktinath Bank

कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरणका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आगामी दिनमा पार्टीमा सबैको सभापति हुने प्रयास गर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरेको थियो । 


Advertisment
Nabil box
Kumari

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘निर्वाचनमा मलाई कसले भोट हाल्यो हालेन भन्ने कुराको अब अर्थ रहँदैन । म पार्टीको सभापति हुँ, सबैको सभापति हुने प्रयास गर्छु ।’ आफूलाई सबैको सभापति बन्ने चुनौती पनि रहेको उनले बताए । 

Vianet communication

नेपाली कांग्रेसलाई आगामी दिनमा निर्वाचन जितेर देशको ठूलो पार्टी बन्ने चुनौती रहेको उनको भनाइ छ । 

‘भोलिको दिनमा ठूलो चुनौती छ । स्थानीयदेखि संसदीय चुनावसम्मको चुनाव जितेर ठूलो पार्टी बन्नुपर्ने छ,’ देउवाले भने । 

कांग्रेसमा सबै क्षेत्रको प्रतिनिधित्व भएको भन्दै संविधानले अंगीकार गरेको समानुपातिक समावेशीको सिद्धान्तलाई पार्टीले आत्मसात् गरेको उनले बताए ।  

‘निर्वाचित र मनोनीत गरेर पार्टीमा ३३ प्रतिशत महिलाको संख्या पुर्‍याएका छौं । कांग्रेस सबै क्षेत्रको प्रतिनिधित्व भएको पार्टी हो । यस्तो प्रतिनिधित्व अरू पार्टीहरूमा छैन,’ देउवाले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x