२५ असार २०८३, बिहीबार

माओवादी महाधिवेशनको पहिलो वक्ताले हँसाएपछि...

माओवादी महाधिवेशनको पहिलो वक्ताले हँसाएपछि...

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिन पुगेकी राप्रपा महामन्त्री कुन्ती शाहीले नेताहरूको नाम, पद र पार्टी गलत भनेपछि नेताहरूले मुखामुख गर्ने स्थिति बन्यो ।

सम्बोधनको शुरूमा मञ्चमा आसीन नेताहरूको नाम लिने क्रममा उनले एमाले महासचिवको नाम गलत भनिन् भने माधव नेपाल र उपेन्द्र यादवको पार्टीको नाम सही भन्न सकिनन् ।

उनले एमाले महासचिव भनेर ईश्वर पोखरेलको नाम लिइन् । जबकि मञ्चमा एमाले महासचिव शंकर पोखरेल उपस्थित थिए । ईश्वर पोखरेल अहिले एमालेका वरिष्ठ उपाध्यक्ष हुन् ।

त्यसैगरी उनले माधव नेपाल नेतृत्वको पार्टीको नाम समाजवादी मात्र भनिन् । माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी हो ।

उपेन्द्र यादवलाई जनता समाजवादी पार्टीको अध्यक्ष भन्नुपर्नेमा उनले जनता पार्टीका अध्यक्ष भनिन् ।

उनले गलत सम्बोधन गर्दैगर्दा नेताहरूबीच मुखामुख र हाँसो चलेको थियो ।

अझै रोचक कुरा स्वागत मन्तव्यका क्रममा माओवादी नेतृ पम्फा भुसालले पनि उनको नाम र पद गलत भनेकी थिइन् ।

भुसालले उनलाई राप्रपाकी महासचिव कुन्ती शर्मा भनेर सम्बोधन गरेकी थिइन् । कुन्ती शाही रेखा थापालाई पराजित गर्दै राप्रपाको महामन्त्री चुनिएकी थिइन् ।


 

salt training

कमेन्ट गर्नुहोस्