२५ जेठ २०८३, सोमबार

माओवादीको कार्यक्रममा पुगेर देउवाले भने- प्रचण्डजीको बलले हामी संविधान सभामा गएका हौं

माओवादीको कार्यक्रममा पुगेर देउवाले भने- प्रचण्डजीको बलले हामी संविधान सभामा गएका हौं

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बलले आफूहरू संविधान सभामा गएको बताएका छन् । 

माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै देउवाले संविधान बनाउने काममा प्रचण्डको सबैभन्दा बढी योगदान रहेको बताएका हुन् । 

‘प्रचण्डजीले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ । संविधान सभाको चुनाव उहाँको शर्त थियो, उहाँको बलले संविधान सभामा गएका हौं । यसमानेमा संविधान सभाबाट संविधान बनाउने कुरामा उहाँको महत्त्वपूर्ण भूमिका छ,’ देउवाले भने, ‘संविधान बनाउने काममा प्रचण्डजीको सबैभन्दा बढी योगदान छ भन्ने कुरा मान्नुपर्छ ।’ 

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने पनि उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्