०५ असार २०८३, शुक्रबार

एमसीसीबारे देउवाको भाषणमा प्रचण्ड: आफ्नो कुरा भन्नुभयो, उहाँलाई स्वतन्त्रता छ

एमसीसीबारे देउवाको भाषणमा प्रचण्ड: आफ्नो कुरा भन्नुभयो, उहाँलाई स्वतन्त्रता छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको विचारलाई व्यक्तिगत स्वतन्त्रता भनेका छन् ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले आफ्नो कुरा भन्न प्रधानमन्त्रीलाई स्वतन्त्रता रहेको बताए ।

'उहाँले आफ्नो कुरा भन्नुभयो । उहाँलाई स्वतन्त्रता छ,' प्रचण्डले भने, 'एमसीसी कहाँ राष्ट्रघाती छ, देखाइदिनुपर्‍यो भन्नुभयो । छलफल गर्दैछौं, छलफल गरेर सहमति गर्छौं भन्नुभयो । सहमतिमै अघि बढ्छौं भनेर महत्वपूर्ण कुरा भन्नुभयो ।'

प्रचण्डभन्दा अगाडि बोलेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको दाबी गरेका थिए ।

'एउटा कुरा बोल्नैपर्ने भयो । एमसीसी राष्ट्रघाती-राष्ट्रघाती भन्या छन्, सम्झौता पढ्या छ कि छैन थाहा छैन,' प्रधानमन्त्री देउवाले भनेका थिए, 'कहाँ छ एमसीसी राष्ट्रघाती ? म पनि प्रधानमन्त्री हो, राष्ट्रघाती काम गरुँला? राष्ट्रघाती सन्धि गरौंला ? पहिला पढ्नुहोस्, अनि छलफल गर्नुस् ।'

देउवाले थपे, 'एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो, सित्तैमा आएको पैसा चाहिन्न भन्छन् । राम्रोसँग बुझ्नुपर्‍यो ।'

salt training

कमेन्ट गर्नुहोस्