२६ असार २०८३, शुक्रबार

नेटो र रुसबीच जनवरी १२ मा वार्ता हुन सक्ने

पुस १२, २०७८
नेटो र रुसबीच जनवरी १२ मा वार्ता हुन सक्ने

युक्रेनका विषयमा तनाव बढेको अवस्थामा पश्चिमी सैन्य गठबन्धन नेटो र रुसबीच सन् २०२२ को जनवरी १२ मा वार्ता गर्नका लागि नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पहल गरेका छन् । 

रुससँग यस विषयमा सम्पर्क भइसकेको नेटोको प्रेस सर्भिसले जानकारी दिएको रुसको समाचार संस्था तासले खबर दिएको छ । 

मस्कोले जनवरी १२ मा रुस र नेटोको परिषदबीच वार्ता गर्ने नेटोको प्रस्ताव प्राप्त गरेको अनि त्यसमा विचार गरिरहेको रुसको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताए । 

रुसका परराष्ट्र राज्यमन्त्री अलेक्जेन्डर ग्रुश्कोले वार्ताको मिति तथा फर्म्याट अनि रुसको प्रतिनिधित्वका विषयमा विचार गरिरहेको बताए । 

नेटोले थप पूर्वतर्फ विस्तार गर्न नहुने र रुसको सीमा नजिक हतियार तैनाथ गर्न नहुने लिखित प्रत्याभूति रुसले मागिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्