२९ असार २०८३, सोमबार
माओवादी महाधिवेशन

माओवादी बन्दसत्र- आत्मालोचनासहित प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुँदै

माओवादी बन्दसत्र- आत्मालोचनासहित प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुँदै

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत सोमवारदेखि बन्दसत्र शुरू हुँदैछ । 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा अहिले केहीबेरमा बन्दसत्र शुरू गर्ने तयारी रहेको नेता मात्रिका यादवले जानकारी दिए । 

बिहान ११ बजे नै शुरू गर्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेताहरूसँगको छलफलमा रहेकाले बन्दसत्र शुरू गर्न ढिला भएको हो । 

शान्ति प्रक्रियामा आएपछि भएका कमीकमजोरीको समीक्षासहित प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्न लागेका हुन् । 

आइतवार उद्घाटन सत्रमा प्रचण्डले माओवादी पार्टी कमजोर हुनुमा आफ्नो कमजोरी रहेको प्रतिवेदन तयार गरेको बताएका थिए । सोमवार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र छलफलका लागि समूह बनाउने तयारी छ । 

माओवादी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसालले अधिवेशनबाट नयाँ विचार ल्याउने गरी व्यापक छलफल गर्ने तयारी भएको जानकारी दिइन् । 

आइतवार शुरू भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीवार सम्पन्न गर्ने माओवादीको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्