मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
पुस १३, २०७८
दोस्रो शीतयुद्ध शुरू भइसकेको भाष्य निर्माण गरिएको वर्तमान समयमा अमेरिका र चीनले संसारभरि आफ्नो प्रभाव बढाउनका लागि विभिन्न प्रयास गरिरहेका छन् ।
यसैक्रममा दुई देशबीच खाडी मुलुक संयुक्त अरब अमिरात (यूएई) मा प्रभाव देखाउन भएको प्रतिस्पर्धाले रमाइलो मोड लिएको छ । त्यस प्रतिस्पर्धामा तत्कालका लागि अमेरिका पराजित भएको देखिन्छ ।
गत डिसेम्बर १४ मा यूएईको वायुसेनाका अधिकारीहरूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई पत्र लेखेर ५० वटा एफ–३५ लडाकू विमानको खरिदका लागि दिएको अनुमति फिर्ता लिन अनुरोध गरेका छन् ।
लडाकू विमानका साथै १८ वटा सशस्त्र ड्रोन र क्षेप्यास्त्रहरू पनि यूएईले अमेरिकासँग किन्न खोजेको थियो । तर यस विषयमा सबै वार्ताहरू स्थगित गरेको घोषणा यूएईले गरेको छ । यसरी कुल २३ अर्ब डलर बराबरको हतियार खरिदको भविष्य अनिश्चित बनेको छ ।
अमेरिकासँग हतियार खरिदको सम्झौतालाई स्थगित गरेको यूएईले फ्रान्ससँग भने राफेल विमान किन्न सम्झौता गरेको छ । दुई देशबीच १९ अर्ब डलर बराबरको हतियार सम्झौता भएको छ । त्यसअन्तर्गत फ्रान्सले यूएईलाई ८० वटा राफेल लडाकू विमान र १२ वटा सैन्य हेलिकप्टर उपलब्ध गराउने भएको छ ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले डिसेम्बर महिनाको आरम्भतिर खाडी मुलुकको भ्रमण गर्दा यो सम्झौतामा हस्ताक्षर भएको हो । यससँगै फ्रान्सले अमेरिका तथा बेलायतको उक्साहटमा अस्ट्रेलियाबाट पनडुब्बी खरिदमा पाएको धोकाको मीठो बदला समेत लिएको छ ।
यूएईले अमेरिकासँगको सम्झौता स्थगन गर्ने स्थिति कसरी आयो जबकि त्यो देश पश्चिम एसियामा अमेरिकाको महत्त्वपूर्ण साझेदार हो ?
पश्चिम एसियामा चीनको बढ्दो उपस्थितिमा यस प्रश्नको उत्तर भेटिन्छ । चीनले यूएई र तथा खाडीका अन्य मुलुकसँगको सम्बन्धलाई घनीभूत बनाइरहेको छ । चीनको ह्वावे ५जी नेटवर्कलाई यूएईका टेलिकम कम्पनीहरूले देशभरि विस्तार गर्न खोजेपछि अमेरिकाले त्यसो नगर्न दबाब दिइरहेको थियो ।
ह्वावे नेटवर्कका कारण खाडीमा अमेरिकी सुरक्षा संयन्त्रहरूको गोपनीयता जोखिममा पर्ने निष्कर्ष निकाल्दै अमेरिकाले त्यसमा रोक लगाउन खोजेको हो । हुँदाहुँदा अमेरिकाले एफ–३५ लडाकू विमान र अन्य हतियार किन्नका लागि समेत ह्वावेलाई हटाउने शर्त यूएईसमक्ष तेर्स्याएको थियो ।
तर आफ्नो टेलिकम्युनिकेसन क्षेत्रको स्तरोन्नति तथा आधुनिकीकरण गर्न खोजिरहेको यूएईले ह्वावे जति राम्रो कम्पनी पाउन गाह्रो देखेको छ । ह्वावेको ५जी प्रविधि नोकिया, एरिकसन र सामसङ जस्ता कम्पनीको भन्दा अत्याधुनिक तथा सस्तो छ । अनि ह्वावेले यूएईलाई मात्र नभई खाडी क्षेत्रलाई नै अत्याधुनिक ५जी नेटवर्कमा जोड्नका लागि प्रयास गरिरहेको छ ।
अमेरिकाबाट यस विषयमा दबाब खेप्नुपरेपछि यूएईले ह्वावेलाई अँगाल्ने अनि एफ–३५ लडाकू विमानलाई नकार्ने निर्णय लिएको छ । लडाकू विमान किन्दै नकिन्ने भनी यूएईले स्पष्ट नबताएको भए पनि अमेरिकाका लागि यो ठूलो झड्का हो ।
त्यसो त अमेरिकाले यूएईलाई केही समयअघि राजधानी अबु धाबी नजिक रहेको एक बन्दरगाहमा चीनले बनाइरहेको गोप्य संरचनालाई रोक्न दबाब दिएको थियो । द वाल स्ट्रीट जर्नलका अनुसार, अबु धाबीबाट ५० माइल टाढा रहेको खलिफा बन्दरगाहमा सैन्य संरचना निर्माण भइरहेको अमेरिकी अधिकारीहरूले आरोप लगाए ।
अबु धाबीबाट २० माइल पर एक एयरबेसमा अमेरिकाका हजारौं सैनिकहरू तैनाथ छन् । आफ्ना सैनिकहरूलाई खलिफा बन्दरगाहमा बनिरहेको संरचनाबाट जोखिम पुग्ने भन्दै अमेरिकाले बन्द गर्न दबाब दिएको हो ।
यूएई र चीनले उक्त बन्दरगाह वाणिज्यिक उद्देश्यका लागि उपयोग गरिने भने पनि अमेरिकीहरूले त्यसलाई पत्याएनन् । सीएनएन डट्कममा केटी बो लिलिस, नताशा बर्ट्रान्ड र काइली एटवूडले तयार पारेको रिपोर्टमा उल्लेख भएअनुसार, अमेरिकी गुप्तचर निकायले व्यापारिक जहाजको आवरणमा चिनियाँ सेनाले सूचना संकलन गर्ने जहाजहरू खलिफा बन्दरगाहमा ल्याएको देखेको छ । त्यसपछि अमेरिकाले बन्दरगाहमा निर्माण रोक्न दबाब दिएको हो ।
अमेरिकाको यस दबाबले पनि यूएईलाई चिढ्याउने काम गरेको बुझिन्छ ।
त्यसबाहेक विगत केही वर्षयता चीन र यूएईको सम्बन्ध घनिष्ठ बन्दै गएको छ र त्यो ह्वावे नेटवर्कमा मात्र सीमित छैन । एसिया टाइम्स डट्कममा चन फङले गरेको विश्लेषणमा उल्लेख भएअनुसार, चीन यूएईको सबभन्दा ठूलो व्यापारिक साझेदार हो । खाडी मुलुकका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हुनाले यूएई लगायतले उसलाई मन पराउँछन् ।
चीनले आफ्नो भूमिबाहिर गरेको कोभिड खोपको परीक्षणमा यूएईले सक्रिय सहभागिता जनाएको थियो । आफ्ना जनतालाई चिनियाँ खोप लगाउनुका साथै उक्त खोप विशाल संख्यामा उत्पादन गर्नका लागि यूएईले अबु धाबीमा एउटा प्लान्ट समेत खोलेको छ ।
त्यससँगै यूएईलाई प्रविधिमा आधारित दिगो अर्थतन्त्र बनाउन पनि चीनले ठूलो योगदान गर्दै आएको छ ।
यसरी यूएईको सर्वांगीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको चीनलाई ढिम्किन नदिनका लागि अमेरिकाले दबाब दिनु नै उसको असफलताको कारण बन्न पुगेको छ ।
खासमा अमेरिकाले इरानबाट सुरक्षा जोखिम हुने हौवा पिटाएर यूएईलाई हतियार बेच्ने सम्झौतामा हस्ताक्षर गराएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध खाडी मुलुकहरूको गुटबन्दी गराउन तथा यूएई र इजरायलबीचको सम्बन्धलाई सामान्य बनाउन अब्राहम एकर्ड्स गराएका थिए । त्यसपछि यूएईलाई अमेरिकी लडाकू विमान बेच्ने सम्झौता भएको थियो ।
तर पश्चिम एसियाबाट ध्यान हटाएर हिन्द–प्रशान्ततर्फ अमेरिकाले जोड दिन थालेपछि यूएई लगायतका खाडी मुलुकहरूले अमेरिकी छत्रछायाँविनाको सुरक्षा रणनीति बनाउन थालेका छन् । त्यसैक्रममा क्षेत्रीय रूपमा जोखिम हुन सक्ने इरानसँग सम्बन्ध सुधार्नका लागि उनीहरूले प्रयास गरिरहेका छन् ।
यही डिसेम्बर महिनाको पहिलो सातामा यूएईका राष्ट्रिय सुरक्षा सल्लाहकार शेख तहनून बिन जायेद अल नाह्यानले इरानको राजधानी तेहरान पुगेर आफ्ना समकक्षी अली शामखानीलाई भेटेका थिए । उनले इरानका राष्ट्रपति इब्राहिम रईसीसँग पनि भेटघाट गरे ।
उक्त भेटघाटपछि जारी गरिएको विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई न्यानो बनाउने अनि बाहिरी प्रभाव तथा हस्तक्षेपबाट प्रभावित नहुने उल्लेख छ । त्यसका साथै सैन्य तथा सुरक्षा संकटलाई सैन्य कारवाहीमार्फत नभई संवादमार्फत अन्त्य गर्ने आवश्यकतालाई पनि जोड दिइएको छ ।
भनाइको मतलब, खाडीका मुलुकहरूलाई इरानसँगको चिसो सम्बन्ध कायम राख्न लगाएर आफ्नो हातहतियार बेच्ने अमेरिकाको रणनीतिलाई ती मुलुकहरूले नै अस्वीकार गरिरहेका छन् । पहिलेदेखि नै विभिन्न द्वन्द्को चपेटामा परिरहेको खाडी क्षेत्र द्वन्द्व चर्काउन वा नयाँ द्वन्द्व सिर्जना गर्न इच्छुक छैन भन्ने संकेत पनि यसबाट पाइन्छ ।
यस्तो स्थिति विकसित भए पनि यूएई तथा खाडी मुलुकहरूले अमेरिकालाई चटक्कै छोडेर चीनलाई अँगाल्छन् भन्न मिल्दैन । सीएनएन डट्कममा तमारा किबलबीले तयार पारेको रिपोर्टमा उल्लेख गरिएअनुसार, वाशिङटनले खाडी मुलुकहरूलाई अमेरिका र चीनमध्ये एक छान्न लगायो भने उनीहरू अमेरिका जस्तो महाशक्तिको कोपभाजन बन्न चाहँदैनन् र उसैलाई छान्छन् ।
तर कालान्तरमा खाडी मुलुकहरूले अमेरिकाको थिचोमिचो सहेरै भए पनि चीनसँगको आर्थिक तथा अन्य साझेदारीलाई अघि बढाउने पक्का छ ।
अमेरिकाले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभ जस्तो आर्थिक पहल विश्वसनीय तरिकाले ल्याउन नसकेमा खाडी मुलुकहरू उसले भनेको कुरा खुरुखुरु मान्न तयार हुने छैनन् । बहुध्रुवीय विश्वमा खाडी मुलुकहरूले अमेरिका बाहेक पनि प्रशस्त विकल्पहरू पाउन थालेको यथार्थलाई यस प्रकरणले उजागर गरेको देखिन्छ ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...