फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
पुस १५, २०७८
सरकारले साढे ४ अर्बभन्दा बढी खर्चिने गरी प्रचलनमा ल्याएको इम्बोस्ड नम्बर प्लेट पूर्ण रूपमा प्रयोगमा नआउँदै अनेक खालका समस्या देखिएका छन् ।
इम्बोस्ड प्लेट जडान गरेको छोटो समयमै गुणस्तरमा प्रश्न उठेको छ भने कर तिर्नका लागि पुरानो नम्बर नै सम्झिराख्नुपर्ने बाध्यता छ ।
सवारी गुडाउँदा नम्बर प्लेट हल्लिएर झर्ने, फुट्ने र मुसाले खानेसम्मको गुनासो आएको यातायात कार्यालय सतुंगलका एक अधिकारी बताउँछन् ।
एक्राइलिक (प्लास्टिक कन्टेन्ट)बाट बनेको प्लेटको थिकनेस कम हुँदा मुसाले खाने समस्या देखिएको छ ।
यसका अलावा झरेमा, टुटेमा वा अन्य केही समस्या भएमा फेरि पूरा शुल्क तिरेर नयाँ जस्तै प्रोसेसबाट नम्बर प्लेट लिनुपर्ने बाध्यता छ ।
एकातिर दोहोरो खर्च, अर्कातिर झञ्झट, सेवाग्राही मारमा छन् । झरेका, टुटेका, मुसाले खाएका नम्बर प्लेट झोलामा राखेर गुनासो गर्न सेवाग्राहीहरू यातायात कार्यालयसम्म पुग्ने गरेका छन् ।
यातायात व्यवस्था विभागले नयाँ दर्ता हुने सवारी साधनका लागि गत मंसिरदेखि इम्बोस्ड नम्बर प्लेट राख्न अनिवार्य गरेको छ ।
आगामी फागुनबाट नामसारी हुने सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा राख्नुपर्छ । अर्को वर्षको जेठदेखि भने सबै सवारी दर्ता प्रमाण पत्र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड हुनुपर्ने यातायात व्यवस्था विभागले गरेको छ ।
त्यसो हुँदा दैनिक करीब ४ हजार सवारी साधनले इम्बोस्ड नम्बर लिनुपर्छ ।
अबको दुई वर्षमै २५ लाख सवारी साधनमा इम्बोस्ड जडान गरिसक्नुपर्ने भएकाले सामान्य हिसाब गर्दा पनि मासिक एक लाखभन्दा बढी सवारीमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने हुन्छ ।
त्यसका लागि विभागले नै जनशक्ति उपलब्ध गराएर सहजीकरण गर्न थालिसकेको छ । विभागले १२२ जना जनशक्ति बाग्मती प्रदेशको सम्बन्धित कार्यालयमा पठाउने भएको छ ।
इम्बोस्ड लिँदा समस्यै समस्या
सवारी साधनको नम्बरमा एकरूपता गर्ने, सुरक्षा मजबुत हुने र अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यले शुरू भएको भनिए पनि पहिलो दुई वर्ष नेपालीमा नम्बर प्लेट राख्नुपर्छ भन्ने विवादमा कारण अदालती प्रक्रियामै अल्झियो । त्यसपछिको दुई वर्ष कोरोना महामारीका कारण कामै भएन ।
यस्तो नम्बर लागू भएको शुरूका दिनमै नेपाल प्रज्ञा प्रतिष्ठान र भाषाविद्हरूले नेपाली भाषामा लेख्नुपर्ने माग गरे । नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा समेत पर्यो ।
अदालतले १० फागुन २०७४ मा तत्काल प्रक्रिया अगाडि नबढाउन र काम रोक्न अन्तरिम आदेश दियो । अदालतले २७ मंसिर २०७६ मा रोमन लिपिमै नम्बर प्लेट राख्न बाटो खोलिदिएपछि मात्रै १ साउन २०७७ बाट पुनः यसको जडान शुरू भएको थियो ।
यस्तो जडान नयाँ सवारी साधान बाहेकमा अझै स्वेच्छिक नै छ ।
हाल चलनचल्तीमा रहेका सवारी साधनको संख्या ४० लाखभन्दा बढी भए पनि सरकारले यसअघि गरेको सम्झौता अनुसार २५ लाख सवारीमा मात्र इम्बोस्ड जडान गर्ने भन्ने छ । बाँकी सवारी साधनका लागि नयाँ प्रक्रियामा जानुपर्छ ।
सरकारले १ मंसिर २०७८ देखि राजपत्रमा सूचना जारी गरेर नयाँ जडान हुने सवारी साधनका लागि इम्बोस्ड नम्बर जडान अनिवार्य गरेको छ ।
सरकारले राजस्व असुल गरिहाल्ने मनसायले इम्बोस्डलाई अनिवार्य गर्न खोजेको भएपनि अझै यसबाट कर भने लिन मिल्दैन । अहिलेसम्म नयाँ र पुराना सवारी साधनले स्वेच्छिक रूपमा मात्रै यस्तो नम्बर लिन सक्ने छन् ।
इम्बोस्ड नम्बरबाट कर तिर्ने प्रणाली नभएका कारण शुरूका दिनमा उत्साहित भएर नयाँ नम्बर प्लेट लिएका सवारीले पनि पुरानै नम्बरमा सवारी कर तिर्नुपर्छ ।
सरकारले इम्बोस्ड नम्बर जडान गरिदिए पनि पुरानै नम्बरबाट कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।
सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दर्ता हुने यातायात कार्यालय सतुंगलले इम्बोस्ड नम्बर प्लेट मंसिरदेखि नै अनिवार्य गरेको भएपनि अहिलेसम्म पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।
कार्यालयका अनुसार नम्बर प्लेटको गुणस्तरमा प्रश्न उठेको, भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस)मा नजोडिएको र जनशक्तिमसेत नभएको कारण नयाँ प्लेट दिएपनि पुरानै नम्बरबाट कर लिने गरिएको छ ।
नयाँ दुई पाङ्ग्रे सवारी दर्ता हुने बाग्मती प्रदेश अन्तर्गतको यो कार्यालयमा मासिक १२ देखि १३ हजार सवारी दर्ता हुन्छन् ।
सरकारले नयाँ दर्ता हुने सवारीलाई इम्बोस्ड नम्बर अनिवार्य गरेपनि मंसिरपछि पनि दैनिक चार पाँचसय भन्दा बढीले नयाँ नम्बर लिन सकेका छैनन् । यो कार्यालयका अनुसार हालसम्म करीब पाँच हजार दुईपाङ्ग्रे सवारी साधनले मात्रै इम्बोस्ड नम्बर लिएका छन् ।
चारपाङ्ग्रे सवारीको भने १० हजार नाघिसकेको छ । यातायात कार्यालय सतुंगलका अनुसार दैनिक दर्ता हुने सवारी दर्ताकै लागि जनशक्ति अभाव रहेको छ । अहिलेकै जनशक्ति र स्रोत साधानले इम्बोस्ड नम्बर जडान गर्न नसकिने भन्दै सम्बन्धित प्रदेश सरकारलाई लिखित जवाफ दिइसकिएको छ ।
एउटा प्रदेशको सिस्टम अर्को प्रदेशले चिन्दैन
अहिले प्रदेशहरूले फरक–फरक सिस्टम प्रयोग गर्दा एउटा प्रदेशको सवारीलाई अर्को प्रदेशको सिस्टमले नचिन्ने अवस्था छ ।
प्रदेशहरूका सिस्टम एकअर्कामा नजोडिँदा समस्या भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसाल बताउँछन् ।
‘नयाँ डाटा इन्ट्री हुँदै जाँदा सिस्टम नयाँ बन्ने हो । अहिले डाटा इन्ट्री भएर भीआरएस सिस्टम सिङ्क्रोनाइज नभएको हुनसक्छ । एउटा प्रदेशकोे सिस्टम अर्कोसँग नजोडिँदा समस्या आएको देखिएको छ,’ उनले भने ।
विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेल पनि पुरानो नम्बरलाई नै रिप्लेस गरेर नयाँ नम्बर राख्दै जाने प्रणाली हुनुपर्ने भएपनि सम्बन्धित प्रदेशले आ–आफ्नै सिस्टम चलाएका कारण नमिलेको हुनसक्ने बताउँछन् ।
विभागले इम्बोस्ड नम्बर राख्ने काम सम्बन्धित प्रदेशलाई नै दिएको छ । प्रदेशले नै आफू अनुकुलको सिस्टम चलाएको र शुरूमा विभागले बनाएको फोकस वानको सिस्टम नचाएका कारण कर तिर्न नमिलेको उनको भनाइ छ ।
पौडेलका अनुसार सिस्टम डेभलपरले नै मिलाउन सक्ने विषय भएकाले प्रदेश सरकारले आआफ्नै स्वार्थ अनुसारको सिस्टम बनाउन खोज्दा सामान्य विषयमा पनि समस्या देखिने गरेको उनको तर्क छ ।
‘पुरानो नम्बर राख्न मिल्ने नयाँ राख्न नमिल्ने भन्ने त हुँदै हुँदैन । प्रदेशले इम्बोस्डलाई महत्त्व नदिएका कारण समस्या देखाएर पन्छिने काम मात्रै भएको छ,’ उनले भने ।
गुणस्तरमा प्रश्न
सरकारले १७ जेठ २०७३ मा अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटुर टाइगर आईटीसँग इम्बोस्ड नम्बर जडानको सम्झौता गरेको थियो ।
यातायात व्यवस्था विभागले त्यो कम्पनीसँग चार करोड ३७ लाख ८७ हजार ५०० अमेरिकी डलर (त्यतिबेलाको नेपाली मुद्रासँगको सटही दर अनुसार ४ अर्ब ६८ करोड ५२ लाख ६२ हजार रुपैयाँमा सम्झौता गरेको हो ।
त्यो कम्पनीले मोटरसाइकलका लागि कम्तिमा साढे १२ डलर र ठूला गडीको १९ डलर लिने गरी सम्झौता भएको थियो । सोही सम्झौता अनुसार उक्त कम्पनीले रकम लिन्छ । उक्त कम्पनीले नम्बर प्लेट प्रिन्ट गरेर दिएको आधारमा सरकारले भुक्तानी गर्दै जाने गरी सम्झौता भएको छ ।
आजकै सटहीदरलाई आधार मान्ने हो भने दुई पाङ्ग्रे सवारीको इम्बोस्ड प्लेटलाई करीब १५ सय रुपैयाँ खर्च हुन्छ । सरकारले सेवाग्राहीसँग २५ सय रुपैयाँ लिने गरेको छ । यो बीचको रकम सरकारको आम्दानीका रूपमा रहेको विभागले जनाएको छ ।
गुणस्तरीय प्लेट नै बनाउने गरी सम्झौता भएको र सोही अनुसारको प्लेट पाइने विभागको भनाइ छ । हाल यातायात व्यवस्था विभागले प्लेट लिएर सम्बन्धित कार्यालयमा पठाउने गरेको छ ।
यस्तो नम्बर प्लेट जडान गर्न अनलाइनबाट आवेदन दिनुपर्छ । आवेदन दिएपछि तोकिएको मितिमा राजस्व तिरेर नम्बर प्लेट लिन पाइने व्यवस्था छ ।
एकपटक लिएको नम्बर प्लेट टुटेमा वा केही गरी बिग्रिएमा पुनः शुरूकै प्रक्रिया अनुसार लिनुपर्ने हुन्छ । हालसम्म त्यसका लागि पनि नयाँसरह नै शुल्क बुझाउनुपर्छ ।
विभागका प्राविधिक निर्देशक पौडेलका अनुसार टुटे फुटे, हराए वा अन्य कुनै कारण समस्या भए पुनः लिने क्रममा कति राजस्व लिने भन्ने विषय छलफलमा छ । यसबारे सरकारले नै निर्णय लिनुपर्ने उनको भनाइ छ ।
इम्बोस्ड नम्बर जडान गर्ने पहिलो समयसीमा २०७८ जेठमा सकिएको भएपनि सरकारले साढे दुई वर्षलाई समय थप गरेको छ ।
विभागका अनुसार अब २०८० मंसिरसम्ममा २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान भइसक्ने छन् ।
तर, अहिलेसम्मको गतिका कारण अबका दिनमा मासिक एक लाख नम्बर नयाँ जडान गर्न भने चुनौतिपूर्ण नै रहेको पनि पौडेल स्वीकार गर्छन् ।
त्यसका लागि दैनिक कम्तिमा चार हजारसम्म प्लेट बनाउनुपर्ने हुन्छ । त्यसका देशैभरका २० वटा स्थानबाट इम्बोस्ड नम्बर जडान गर्ने काम हुँदैछ ।
इम्बोस्ड नम्बर प्लेट राख्न दुई पाङ्ग्रे (मोटरसाइकल/स्कुटर)लाई दुई हजार पाँच सय, तीन पाङ्ग्रेलाई दुई हजार नौ सय रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तो नम्बर जडान गर्न साना चार पाङ्ग्रेलाई तीन हजार दुई सय र ठूला सवारीसाधनलाई तीन हजार ६ सय रुपैयाँ तोकिएको छ ।
विभागले यो शुल्क पाँच वर्षअगाडि नै निर्धारण गरेको हो ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...