२९ असार २०८३, सोमबार

राष्ट्रिय भारोत्तोलन यसै महिना

राष्ट्रिय भारोत्तोलन यसै महिना

नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करीब २ सय खेलाडी सहभागी हुने छन् ।

जुनियर/सिनियर तथा युथ पुरुष/महिलातर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

सहभागी टोलीको खाना, बसोवास र यातायात खर्च आयोजक संघले व्यहोर्ने छ । तीन दिने प्रतियोगिताका खेलहरू मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्वेटमा हुने छ ।

अध्यक्ष श्रेष्ठले कोभिड– १९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।

salt training

कमेन्ट गर्नुहोस्