१२ असार २०८३, शुक्रबार

अझै खुलेन मौसम, देशभर आंशिक बदली, चिसो बढ्यो

अझै खुलेन मौसम, देशभर आंशिक बदली, चिसो बढ्यो

मंगलबार रातिदेखिको वर्षा रोकिएपनि मौसम भने अझै खुलेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
जसका कारण हाल देशभर आंशिक बदली रहेको छ भने शुक्रबार बिहान धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाले देशभर चिसो बढेको पनि जनाएको छ । महाशाखाको मौसमी बुलेटिन अनुसार शुक्रबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति पनि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्