×

NMB BANK
NIC ASIA

प्रचण्डको प्रतिवेदन पारित, फरक मत र पूरक प्रस्ताव अनुसूचीमा समेटिने

पुस १६, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित भएको छ । 

Muktinath Bank

पुस ११ गते उद्घाटन भएको माओवादी केन्द्रको महाधिवेशनको दोस्रो दिन प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरू समूहगत रूपमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेपछि प्रचण्डले प्रतिनिधिले उठाएको प्रश्नमा जवाफ दिएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसक्रममा प्रचण्डले प्रतिनिधिबाट आएका सबै सुझावलाई सकेसम्म प्रतिवेदनमा समेट्ने बताएको माओवादी केन्द्रको प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बताए । 

Vianet communication

सबै प्रतिनिधिले प्रचण्डको प्रतिवेदनको मूल स्पिरिट ठिक रहेको भन्दै समर्थन गरेको महराले जानकारी दिए । त्यसबाहेक, केही विषयमा परिमार्जन र थप गर्न भनेर आएको सुझाव प्रतिवेदनमा समेटिने उनले बताए । 

त्यसबाहेक, नेता राम कार्कीले राखेको पूरक प्रस्ताव र लेखनाथ न्यौपानेले राखेको फरक मतलाई प्रतिवेदनमा नसमेटेर ती प्रस्तावको सम्मानको लागि पूरक प्रस्ताव र फरक मतकै रूपमा अनूसूचीमा उल्लेख गर्ने निर्णय भएको पनि महराले बताए । 

शनिवारको बन्दसत्रमा माओवादी केन्द्रको विधान पारित गर्ने कार्यक्रम रहेको महराले बताए । 

बन्दसत्रको पहिलो दिन माओवादी केन्द्रको स्थायी कमिटी सदस्य देव गुरूङले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका थिए । 

त्यसमा प्रतिनिधिहरूले छलफल गरिसकेको र शनिवारको बन्दसत्रबाट त्यसलाई पारित गरिने महराले बताए । 

विधानको सम्बन्धमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक केहीबेरमा बस्न लागेको पनि उनले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x