३० असार २०८३, मंगलबार

ओमिक्रोन भएका भारतीय क्रिकेटका पूर्वकप्तान डिस्चार्ज

पुस १६, २०७८
ओमिक्रोन भएका भारतीय क्रिकेटका पूर्वकप्तान डिस्चार्ज

कोभिड–१९ को ओमिक्रोन भेरिएन्टबाट सङ्क्रमित भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गाङ्गुली भर्ना भएको चार दिनपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएको उनको उपचारमा सम्लग्न एक वरिष्ठ चिकित्सकले बताए ।

भारतीय क्रिकेट टिमका पूर्व क्याप्टेन ४९ वर्षीय गाङ्गुलीलाई सोमबार कलकत्तास्थित अस्पतालमा भर्ना गरिएको थियो । गाङ्गुलीलाई कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट भाइरस सङ्क्रमण पुष्टि हुँदा हल्का ज्वरो देखिएको थियो ।

चिकित्सकले एएफपीसँग भने, “ओमिक्रोन भेरिएन्टको परीक्षणमा सङ्क्रमण नदेखिएपछि उनले घर जाने इच्छा व्यक्त गरेकोले अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनका भाइ स्नेहासिशले एएफपीसँग गाङ्गुली ले उनकोे उपचारको क्रममा ‘एन्टिबडी ककटेल थेरापी’ लिएको बताए ।
भारतका अत्यधिक लोकप्रिय क्रिकेट खेलाडीहरूमध्ये एक र देशको क्रिकेट बोर्डका प्रमुखसमेत रहेका गाङ्गुलीलाई यस वर्षको सुरुतिर छाती दुखेको कारण दुई पटक अस्पतालमा भर्ना गरिएको थियो । उक्त समय उनको ‘एन्जियोप्लास्टी’ गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्