२० असार २०८३, शनिबार

बैतडीमा एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

बैतडीमा एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

नेकपा एमालेको आठौं  जिल्ला अधिवेशनका लागि बैतडी जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । 

पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । १०० संगठित सदस्य बराबर १ महिलासहित ३ जना प्रतिनिधि छनोट हुने प्रावधान छ । 

यसैगरी दलित संगठित सदस्यबाट १०० बराबर १ महिलासहित ३ जना प्रतिनिधि छनोट हुने प्रावधान छ । सोहीअनुसार ५०९ प्रतिनिधि छनोट गरिएका एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज लीलाधर भट्टले जानकारी दिए ।

यसैबीच प्रतिनिधि छनोटसँगै अधिवेशनको  सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ ।

अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका रुपमा हाल नेतृत्व सम्हालिरहेका सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले नेतृत्वमा दाबी गरिरहेका छन् ।

जिल्ला सहइञ्चार्ज भट्टले नेतृत्वका लागि जति जनाले दाबी गरिरहेका भए पनि सर्वसम्मतिबाटै नयाँ नेतृत्व चयन हुने बताए ।

उनले भने, ‘अधिकतम प्रयास सर्वसम्मतको हुन्छ, सहमति हुन नसकेमा भने लोकतान्त्रिक विधिमार्फत निर्वाचनमा जान्छौं समूहगत रूपमा उम्मेदवारी हुँदैन । स्वतन्त्र रूपमा मापदण्ड पुगेकाले दिन पाउँछ ।’

बैतडीमा हाल एमालेका ९ हजार ३२९ संगठित सदस्य रहेका बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्