कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
प्रतिष्ठित उद्यमी एवं संविधान सभाका पूर्व सदस्य विमल केडियाले मंगलवार साँझ पत्रकार सम्मेलन आयोजना गरे ।
काठमाडौंको लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित पत्रकार सम्मेलनमा अनौठो दृश्य देखियो ।
पत्रकार सम्मेलन हलको एक कुनामा ‘सार्थक विवाह उत्सव, एक नयाँ पहल’ लेखिएको ब्यानर राखिएको थियो ।
अर्को कुनामा केही लेखिएको थियो । जसमा पत्रकार सम्मेलन आयोजना गर्नुको उद्देश्यबारे जानकारी थियो, तर अनौपचारिक जस्तै ।
बीचको भित्तामा राखिएको नोटिस बोर्डमा केडियाले छोराको विवाह समारोहको केही झलकहरू तस्वीरमा राखेका थिए ।
त्यहाँ उपस्थित पत्रकारहरूमध्ये केहीले त्यो हेरेर केडियाले के भन्न लागे भनेर चासो देखाइरहेका थिए ।
केही समय ढिला गरी शुरू गरिएको कार्यक्रममा केडियाले भने, ‘पत्रकार साथीहरू, यो एक किसिमको अन्तक्र्रिया जस्तै हो भन्ने मलाई लागेको छ ।’
विषयवस्तुमा प्रवेश गर्नुअघि उनले आफ्नो केही अनुभव र मान्यताहरू सुनाए ।
‘मैले समाजप्रति, देशप्रति र प्रकृतिप्रति जिम्मेवार हुनुपर्दछ भन्ने मान्यता शुरूदेखि नै राख्दै आएको छु । विभिन्न समयमा विभिन्न उतारचढावका बावजुद आज यो कार्यक्रम गर्ने रमाइलो मौका प्राप्त गरें ।’
उनले कार्यक्रमलाई विषयवस्तुमा प्रवेश गराउँदै सुनाए, ‘यसो हेर्दा यो के हो जस्तो लाग्छ, तर लेखाइ र देखाइभन्दा पनि माथि छ यो फिलिङ्स, मैले हजुरहरूलाई फिलिङ्स शेयर गर्न खोजेको हुँ ।’
‘...यहाँ हामी भेट्दा एउटा कन्फ्युजन देखियो, यो कन्फ्युजन मेरा साथाीभाइ र घरपरिवारमा पनि देखिएको थियो,’ कार्यक्रममा विषय प्रवेश गराउँदै केडियाले भने ।
आवश्यक परिवर्तनलाई आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए ।
गत मंसिर २५ गते केडियाले आफ्नो छोरा आश्विनको विवाह सम्पन्न गरे ।
आश्विनको विवाह भारत घर भएकी श्रीया मित्तलसँग गरिएको थियो ।
सो विवाह उत्सवलाई सोचेजस्तै सार्थक बनाएपछि केडियाले आफ्नो अनुभव साट्दै थिए ।
उनको यस अभियान जस्तै अरुले पनि उत्सवमा केही न केही समाज वा मुुलुकको लागि योगदान पुग्ने सार्थक काम गर्नुपर्नेमा जोड दिनका लागि उनले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
उत्सवमा सार्थकताको खोजी
केही समयअघि छोराको विवाहको मिति तय भएपछि उनले केही नयाँ गर्नका लागि निकै सोचेको सुनाए ।
पत्रकार सम्मेलनमा उनले भने,‘उत्सवलाई मैले नकारात्मक रूपमा लिएको होइन । तर त्यसलाई सार्थक कसरी बनाउने भन्ने कुरा मैले लिएँ । विवाह हुन बाँकी नै थियो । विवाह उत्सवलाई कसरी सार्थक बनाउने भन्ने मैले सोच्न थालेँ । कस्तो कार्याक्रम गर्ने भन्ने एउटा पक्ष थियो भने अर्को पक्ष यो विषय एउटा कल्चरको रूपमा मात्रै मनाउने भन्ने हो र ? अब नयाँ केही गरौँ भन्ने पनि लाग्यो ।’
उत्सवमा हामी गाडी, मोटरसाइकल या केहीमा जान्छौँ । रमाइलो गर्छौँ । स्रोतसाधन खर्च भएको छ, समय लागेको छ, त्यसको कुनै भ्याल्यू छैन ? शुभकामना दियौँ यो राम्रो कुरा हो ।
उनी भन्छन्, ‘मैले कहाँसम्म अनुभव गरेको छु भने केही पुराना साथी ४/५ जना एउटा कुनातिर गइन्छ, पुराना कुरा गरिन्छ, एकछिन खुसी हुन्छौँ । तर मलाई त्यतिले पुगेन । मलाई त्यसमा पनि केही सार्थकता होस् भन्ने लाग्यो ।’
उनले छोराको विवाहको अवसरमा दुईवटा कुरामार्फत उत्सवलाई सार्थकता बनाउने सोच बनाए ।
पहिलो सोच –छोराको विवाहमा विभिन्न धर्ममा आस्था राख्ने धर्म गुरुहरूलाई बोलाएर सामूहिक रूपमा आशिर्वचन दिलाउने र अर्को सोच– विवाह उत्सवमा राजधानी वरिपरिको कुनै ठाउँमा वृक्षरोपण गरेर त्यसलाई अध्ययन सेन्टर बनाउने ।
उनको यो सोचलाई उनको परिवारले पनि साथ दिए ।
त्यसपछि विवाह उत्सव आयोजना गरियो ।
केडियाले हिन्दु, शिख, जैन, बुद्ध, क्रिस्चियन र इस्लाम धर्मगुरुलाई विवाह उत्सवमा बोलाएर एउटै मञ्चबाट छोरालाई आशिर्वाद दिलाए ।
मुलुकका विभिन्न भागमा बस्दै आएका सबै धर्मावलम्वीहरू सँगै मिलेर बसेको सन्देश दिनका लागि यो सोच बनाएर काम गरेको केडियाले सुनाए ।
के थियो एक नयाँ पहल ?
केडियाले निकै सोचेर उत्सवका मनाउँदा नयाँ पहल गरेको सुनाए ।
काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत महाकालीमाई मन्दिर परिसरमा वृक्षरोपण गरिएको केडियाले बताए ।
वृक्षरोपणका साथै बिरुवा हुर्किएपछि अध्ययन पार्क स्थापना परियोजनाको परिकल्पना समेत गरेको उनको भनाइ छ ।
‘वृक्षरोपण त धेरैले गरेका छन्, तर त्यो प्रभावकारी भएको छैन, त्यसैले यसलाई एउटा परियोजनाकै रूपमा लैजाने सोचका साथ काम गरियो,’ केडियाले भने ।
यो विवाह उत्सवकै क्रममा त्यहाँ उपस्थित पाहुनाकै नाममा वृक्षरोपण गरेको उनले सुनाए ।
‘हरेक उत्सवमाा केही न केही प्रभावकारी सामाजिक कामको प्रतिवद्धता गर्ने र त्यसलाई अगाडि बढाउने हो भने उत्सव सार्थकता हुन्छ भन्ने लागेको छ,’ उनले भने ।
मन्दिर परिसरमा गरिने वृक्षारोपणमा पहिलो चरणमा ५ हजार बिरुवा रोप्ने र त्यसमा ५० लाख खर्च हुने उनको अनुमान छ ।
वृक्षारोपण र बोटानिकल अध्ययन केन्द्रको परिकल्पना अगाडि बढ्दै जाँदा अहिले धेरैले सकारात्मक प्रतिक्रिया दिइरहेको उनले सुनाए ।
परिसरमा लोपन्मुख जातका बिरुवाहरू समेत रोप्ने सोचमा रहेको उनी बताउँछन् ।
विवाह समारोहमा मुलुकका प्रधानमन्त्रीदेखि व्यापारी, उद्योगी र विभिन्न क्षेत्रका ख्याती कमाएका व्यक्तिहरू समेत सरिक भएका थिए ।
उनीहरूले समेत केडियाले थालनी गरेको अभियानलाई कतै न कतै लागू गराउने विश्वास दिलाएको उनले सुनाए ।
वृक्षारोपणपछि आफूले सोचेको जस्तै विवाह उत्साव सार्थक भएको केडिया बताउँछन् ।
यस्ता कामलाई सबैले निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...