०२ साउन २०८३, शनिबार

बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी गठन

बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजवादीको संगठन विस्तार अभियानअन्तर्गत बैतडी जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले ६ गाउँपालिका र ४ नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए ।

पार्टीले संगठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । ३ महिनासम्म जारी रहने अभियानमा सबै स्तरमा कमिटी गठन गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिए ।

यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्