३० जेठ २०८३, शनिबार

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो । 

युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

गत पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए । सोही समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।  

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।

उपाध्यक्ष पदमा नियुक्तिका लागि १२ जनाले आवेदन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्