३० जेठ २०८३, शनिबार

उच्चस्तरीय संयन्त्रको बैठक: संसद गतिरोध अन्त्य र राष्ट्रिय सभा निर्वाचनबारे छलफल

उच्चस्तरीय संयन्त्रको बैठक: संसद गतिरोध अन्त्य र राष्ट्रिय सभा निर्वाचनबारे छलफल

संसदमा जारी गतिरोध अन्त्यबारे छलफल गर्न सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि संयन्त्रको बैठक जारी छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनेलगायतका विषयमा छलफल गर्न बैठक राखिएको बालुवाटार स्रोतले बतायो । 

राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद गतिरोध फुकाउन बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । संयन्त्रको नेतृत्व दुई महिनामा परिवर्तन गर्ने सहमति भएको थियो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको विषयमा समेत छलफल हुने स्रोतले बतायो । देउवा पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्