०४ असार २०८३, बिहीबार

मोदीको सुरक्षामा भएको लापरवाहीलाई ‘लाजमर्दो’ भन्दै कंगनाले भनिन्- पञ्जाब आतंकवादी गतिविधिको अखडा

पुस २२, २०७८
मोदीको सुरक्षामा भएको लापरवाहीलाई ‘लाजमर्दो’ भन्दै कंगनाले भनिन्- पञ्जाब आतंकवादी गतिविधिको अखडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधवार पञ्जाबमा भएका बेला उनको सुरक्षामा लापरवाही भएको थियो । प्रदर्शनकारीका कारण उनको गाडी १५ देखि २० मिनेटसम्म फ्लाइओभरमा रोकिएको थियो । 

केन्द्र सरकारले पञ्जाबको सत्तारुढ कांग्रेस सरकारलाई यस लापरवाहीको लागि दोषी भनेको छ । सामाजिक सञ्जालमा कांग्रेसको चर्को आलोचना भएको छ ।

यसैबीच कंगना रनौतले पनि यस विषयमा आफ्नो मत राख्दै पञ्जाबलाई आतंकवादी गतिविधिको केन्द्रबिन्दु भएको बताएकी छन् ।

उनले घटनालाई  छ लाजमर्दो भनेकी छन् । साथै उनले पञ्जाब आतंकवादी गतिविधिको अड्डा बन्दै गइरहेको पनि बताएकी छन् । 

करीब १३ महिनादेखि चलिरहेको आन्दोलनपछि मोदी पहिलोपटक पञ्जाब गएका थिए । सो क्रममा यस्तो घटना भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्