
एनएमबी बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई एक करोड ७४ लाख ९ हजार ३८८ रूपैयाँ तलब सुविधा दिएको छ ।
बैंकले सीईओ केसीलाई दिएको यस्तो तलब सुविधाअन्तर्गत एक वर्षको एकमुष्ट तलब ६९ लाख ३६ हजार, सञ्चय कोषमा योगदानबापत ६ लाख ९३ हजार ६ सय, भत्ताबापत ६६ लाख ९४ हजार रूपैयाँ पाएका छन् ।
सीईओ केसीले बोनस तथा वेल्फेयरमार्फत २९ लाख ८५ हजार ७०५ र अन्य सुविधाबापत १ लाख ८३ हजार गरी गत आर्थिक वर्षमा कुल एक करोड ७४ लाख ९ हजार ३८८ रूपैयाँ बुझेको पनि बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यसका साथै बैंकले सीईओ केसीलाई बैंकको कर्मचारी सेवा शर्त तथा सुविधा विनियमावलीअनुसार प्राप्त गर्ने सुविधाहरू, बोनस ऐनअनुसार प्राप्त गर्ने सुविधा र बैंकको कर्मचारी सेवा शर्त तथा सुविधासम्बन्धी विनियमावलीअनुसार प्राप्त सवारीसाधन भत्ता पनि दिएको बैंकले जानकारी दिएको छ ।