२३ जेठ २०८३, शनिबार

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
प्रतिकात्मक तस्वीर

झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बिहीवार १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शंका लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो ।

पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्