१६ असार २०८३, मंगलबार

सुदूरपश्चिममा दोब्बरले बढे कोरोना संक्रमित

सुदूरपश्चिममा दोब्बरले बढे कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दोब्बर बढेको छ ।

बिहीवार एकैदिन १२० जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि बुधवार ५५ जनामा मात्रै संक्रमण देखिएको थियो । गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट १ हजार ३६८ जनाको नमूना परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा २ र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका १ जनामा संक्रमण पुष्टि भएको छ ।  

गत २४ घण्टामा प्रदेशभर ६ जना निको भएका छन् । प्रदेशमा संक्रमणका कारण १ जनाको पनि मृत्यु भएको छैन ।

यसअघि बुधवार प्रदेशमा ५५ जनामा संक्रमण पुष्टि हुँदा ५ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्