×

NMB BANK
NIC ASIA

सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो ठूलो कम्पनी बन्यो टाटा मोटर्स

पुस २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ ।

Muktinath Bank

यसअघि हुन्डाईले टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो । सन् २०२१ को डिसेम्बर सम्मको तथ्यांकअनुसार हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ । त्यस्तै, कम्पनीले अक्टोबरदेखि डिसेम्बर बीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२१ को सुरुआतदेखि अन्तिमसम्मको बिक्री आँकडाअनुसार भने वर्षभरिमै सबैभन्दा बढी गाडी बिक्री गरेको हो । तथ्यांकअनुसार टाटा मोटर्सले डिसेम्बरमा मात्रै ३५ हजार ३ सयवटा गाडी बिक्री गरेको छ । त्यस्तै दक्षिण कोरियाली कार उत्पादन कम्पनी हुन्डाईले भने डिसेम्बरमा जम्मा ३२ हजार ३ सय १२ वटा गाडी बिक्री गरेको छ ।


Advertisment
Nabil box
Kumari

टाटा मोटर्सले अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा ९९ हजार गाडी बिक्री गरेको छ भने सन् २०२१ को अन्तिम दिनसम्ममा जम्मा ३ लाख ३१ हजार वटा गाडी बिक्री गरेको छ ।  बजारमा सेमिकन्डक्टरको अभावका कारण उत्पादनमा कमी देखिए पनि टाटा मोटर्स लिमिटेडका प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष शैलेस चन्द्रले कम्पनीको यात्रुबाहक सवारीको व्यवसायले त्रैमासिक अवधिमा धेरै राम्रो उपलब्धि हात पारेको बताएका छन् ।
‘टाटा मोटर्सले दशक कै उच्च त्रैमासिक र मासिक बिक्री रेकर्ड बनाएको छ । गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठूलो परिवर्तन देखिएको छ,’ अध्यक्ष चन्द्रले भने, ‘कम्पनीले सन् २०२१ मा कुल ३ लाख ३१ हजार १ सय ७८ वटा गाडी बिक्री गरेको छ । टाटाले यात्रुबाहक सवारी साधनको व्यवसाय स्थापना सुरू गरे देखिको यो अहिलेसम्मकै उच्च बिक्री तथ्यांक हो ।’

Vianet communication
Laxmi Bank

उनका अनुसार ‘न्यू फरेबर’का मोडलहरूका कारण पनि गाडीको बिक्री र माग बढेको हो ।  यता हुन्डाई पनि सेमिकन्डक्टरको अभावका कारण सन् २०२१ मा अधिकांश समय आफ्नो उत्पादन क्षमताभन्दा कम सवारी साधन उत्पादन गर्न बाध्य बन्यो । पछिल्लो समय समेत कच्चा सामग्री र पार्टपुर्जाको अभावका कारण कम्पनीले आफ्नो उत्पादन केही दिनको लागि रोक्नुपर्यो ।

टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ । कम्पनीले २०२१ अन्तिमसम्ममा मात्रै कुल २२ हजार ५ सय ५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षको त्रैमासिकमा जम्मा १.८ प्रतिशत विद्युतीय गाडी बिक्री गरेको टाटा मोटर्सले यस वर्षको त्रैमासिकसम्ममा मात्रै विद्युतीय गाडीको बिक्री ५.६ प्रतिशतले बढाएको हो ।

कम्पनीका अनुसार यसले सन् २०२१ को डिसेम्बरमा पहिलोपटक मासिक २ हजारभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको हो । ‘बजारमा विद्युतीय नेक्सन र विद्युतीय टिगोरको माग बढ्दो छ । जसले गर्दा विद्युतीय मोडलहरूको बिक्रीमा तिब्रता आएको छ । समग्रमा विद्युतीय मोडलहरूले राम्रो बजार पाएको छ,’ कम्पनीको प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष चन्द्रले भने ।  तर भविष्यमा पनि सेमिकन्डक्टरको आपूर्ति अनिश्चितताका कारण उत्पादन एवम् बिक्रीमा केही प्रभाव पर्ने सम्भावना छ ।

यसका लागि कोभिडको जोखिमलाई पनि नजिकबाट ट्रयाक गर्न आवश्यक छ । यद्यपि  व्यवसायिक योजनालाई निरन्तर जारी राख्ने  कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x