×

NMB BANK
NIC ASIA

हस्पिटलसँगै हस्पिटालिटीमा

चितवनमा डाक्टरले सञ्चालन गरेको एक अपवाद रिसोर्ट

'जसको सोचमा रिसोर्ट बन्यो उनकै अभावले तड्पाइरहन्छ'

पुस २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पृथ्वी राजमार्ग हुँदै मुग्लिनबाट नारायणतर्फ जाँदा जुगेडी कटेपछि रामनगर बजार नपुग्दै  एउटा जंगल शुरू हुन्छ । जंगलको बीचबाट राजमार्गको दाहिनेतर्फ एउटा चिल्लो बाटो छ ।

Sagarmatha Cement
Muktinath Bank

उक्त बाटोबाट झण्डै २ किलोमिटर भित्र गएपछि निकै शान्त ठाउँमा पुगिन्छ । जहाँ सञ्चालनमा आएको छ, भव्य ठिमुरा रिसोर्ट । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ महिना अघिसम्म लगभग सुनसान र गुमनाम जस्तै रहेको ठिमुरा अहिले सामाजिक सञ्जाल मार्फत नेपालीमाझ देश विदेशमा परिचित बनेको छ । 


Advertisment
Nabil box
Kumari

यो ठाउँ सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ती बन्नुको कारण हो, ठिमुरा रिसोर्ट र रिसोर्टसँगै बनेको नेपाली घर ।

Vianet communication
Laxmi Bank

ठिमुराको ‘नेपाली घर’मा फोटो खिचाउन र टिकटक बनाउन आउनेको भीडले सार्वजनिक बिदाको दिन मेला लागेजस्तै हुन्छ । 

कतिपय स्कूलले बस नै रिजर्भ गरेर यो घर हेर्न विद्यार्थी ल्याउने गरेका छन् । शैक्षिक भ्रमणमा हिँडेका हुन् या चितवन घुम्न हिँडेका जो कोही पुग्ने नयाँ गन्तव्य स्थल बनेको छ– ठिमुरा ।

यो घरको अवधारणाकार हुन्, हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछाने । जसले ठूलो लगानीसहित ठिमुरामा रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।

ठिमुरामा रिसोर्ट सञ्चालनमा आएपछि चितवनको पर्यटन विकासमा विविधता थपेको व्यवसायीहरूको विश्वास छ । 

२०७२ सालको भूकम्पले लमजुङको पुर्ख्यौली घर भत्किएपछि त्यस्तै डिजाइनको घर चितवनमा बनाउने भन्दै डा. लामिछानेले ठिमुरा रिसोर्टको बाहिरपट्टी नेपाली घर बनाएका हुन् । जुन घर अहिले सामाजिक सञ्जाल खासगरी टिकटकमा ‘भाइरल’ बनेको छ । 

नेपाली मौलिकता झल्किने यो घर निर्माणमा मात्रै लामिछानेले ४० लाख खर्च गरेका छन् । घरबाहिर अहिले लोप हुँदै गएको ढिकी, जाँतो राखिएको छ भने वरिपरि बार्दलीमा गुन्द्री बिच्छ्याइएको छ । लालटिन र मकैको झुत्ताहरू झुण्ड्याइएको छ । यही मौलिकतासहितको घरले पर्यटकलाई थप आकर्षित गरेको छ ।

फेरिएको ठिमुराको परिचय

चितवन भरतपुर महानगरपालिकाको १ नम्वर वडामा पर्ने ठिमुरा अन्य हिसाबले पनि विकासमा अलि पछि परेको ठाउँ हो । ठिमुरालाई नारायणगढ बजारमा बस्ती बस्नुभन्दा अगाडि बस्ती बसेको ठाउँ भन्ने गरिन्छ । चेपाङ, गुरुङ, तामाङ र मगर समुदायको बाहुल्यता रहेको यो ठाउँ विकास र पूर्वाधारको हिसाबले खासमा महानगर भन्न सुहाउने खालको थिएन । 

ठिमुरामा सुविधासम्पन्न रिसोर्ट बनेपछि यस क्षेत्रको परिचय बदलिँदै छ । वर्षौसम्म कच्ची र हिलाम्मे सडक भर्खरै पिच भएको छ । बाटो बनेपछि जग्गाको मूल्य आकासिएको छ भने विकासले गति लिएको छ । स्थानीयहरू यहाँ रिसोर्ट बनेसँगै ठिमुरा क्षेत्रको विकास हुने अपेक्षामा छन् । 

‘म आफैँ उपभोक्ता समितिको अध्यक्ष बनेर यहाँसम्म बाटो बनायौं, ओझेलमा परेको ठिमुरामा विकासको गति शुरू भएको छ,’ डा. लामिछानेले भने । 

सौराहा र मेघौलीपछि ठिमुरा चितवनको अर्को पर्यटकीय गन्तव्य स्थल बन्दैछ । जहाँबाट र्‍याफ्टिङ शुरू हुँदैछ भने पारिपट्टि प्याराग्लाइडिङको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘रक क्लाइम्बिङ’, जलवीरे झरना, हात्ती र जंगल सफारीका प्याकेज पनि रिसोर्टले सञ्चालनमा ल्याएको छ । 

... अनि बन्यो रिसोर्ट बनाउने सोच

चितवनको भरतपुरमा रहेको 'अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर'का सञ्चालक एवं हाडजोर्नी विशेषज्ञ हुन्, डा. लामिछाने । उनले हस्पिटलबाट हस्पिटालिटी क्षेत्रमा हात हालेका छन् । 

दुर्घटनाका घाइतेको उपचारका लागि लामिछानेले सञ्चालनमा ल्याएको अस्पतालले चितवन आसपासका क्षेत्रमा ख्याति कमाएको छ । दुर्घटनामा हड्डी फ्याक्चर भएका चितवन, नवलपरासी आसपासका बिरामी सितिमिति काठमाडौं आउँदैनन् । चितवनवासीहरू बरू काठमाडौंबाट समेत उपचार गर्न चितवन जाने गरेका छन् । 

अस्पतालहरूको शहर भरतपुरमा बेग्लै पहिचानसहित ट्रमा सेन्टर स्थापना गरेको दश वर्षपछि डा.लामिछाने रिसोर्टमा लगानी गर्न आउनुमा छुट्टै कहानी छ । 

चितवनमै एमबीबीएस अध्ययन गरेका डा. लामिछानेले काठमाडौं युनिभर्सिटीबाट एमडी अध्ययन गरे । एमडी अध्ययनका क्रममा बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी)मा उनले छोटो समय काम गर्ने अवसर पाए ।  

भविष्यमा चितवन आसपासमा पनि यस्तै खालको परोपकारी काम गर्नका लागि डा. लामिछाने दम्पत्ति (स्व. दन्तरोग विशेषज्ञ डा. विष्णुमाया खरेल समेत) जग्गा खोजीमा हिँडे । जग्गा त भेटियो, तर अर्कै कामका लागि उपयुक्त हुने खालको । यसअघि रिसोर्ट सञ्चालन भएर बन्द भएको ठाउँमा रिसोर्ट नै सञ्चालन गर्न उपयुक्त हुने देखियो । परोपकारी कामका लागि अर्को जग्गा खोज्ने गरी ठिमुरामा भेटिएको जग्गामा रिसोर्ट सञ्चालन गर्ने सोच बन्यो । 

यसअघि यो ठाउँमा राजदरबारका सदस्य हेलेन शाहसमेतको स्वामित्वमा लभ्ली रिसोर्ट सञ्चालनमा थियो । विक्रम संवत २०५० को दशकमा रिसोर्ट चम्केको थियो । खासगरी त्रिशुली किनारमा हुने नेपाली सिनेमाको सुटिङ गर्नका लागि यो क्षेत्र रोजाइमा पर्दथ्यो । कयौं नेपाली चलचित्र यही असपासमा छायांकन भएका थिए । 

माओवादी द्न्वद्व चर्केपछि लभ्ली रिसोर्ट बन्द भयो । लभ्लीका सञ्चालक जग्गा नै बेचेर पलायन भए । पछि दोस्रो व्यक्तिले जग्गाको स्वामित्व लिएर ठिमुरा रिसोर्ट दर्ता गरेपनि चलाउन सकेनन् । ठिमुरा रिसोर्टका नाममा रहेको कम्पनीसहित जग्गा किनेर डा. लामिछानेले रिसोर्ट बनाएका हुन् । 

स्व. डा. खरेललाई हस्पिटालिटी क्षेत्रको बारेमा ज्ञान भएकाले यो ठाउँमा रिसोर्ट सञ्चालन गर्ने निधो भयो । अलि व्यवस्थित खालको रिसोर्ट सञ्चालन गर्ने निर्णयका साथ निर्माण कार्य शुरू भयो । पाँच वर्षको निर्माणपछि गएको असोज महिनादेखि रिसोर्ट सञ्चालनमा आएको छ ।

तर, मुख्य अवधारणाकार डा. विष्णुमाया खरेलको रिसोर्ट निर्माणको काम चलिरहेको समयमा २०७६ फागुन २६ गते क्यान्सर रोगका कारण निधन भयो । 

‘म्याडम बिरामी परेपछि यसलाई बीचमै रोकेर कुनै परोपकारी काममा लगाउने सोच पनि आएको थियो, तर म्याडमले यसलाई जसरी भएपनि पूरा गर्नुस् भनेपछि सम्पन्न गरेर सञ्चालनमा ल्यायौं,’ डा. लामिछानेले भावुक हुँदै भने ।

जसको अवधारणामा रिसोर्ट बनेको थियो, उनले देख्नै पाइनन् । खरेलको निधनपछि डा. दम्पतीका एक मात्र छोरा प्रतीक लामिछानेले गत भदौ २४ गते रिसोर्ट उद्घाटन गरे । 

रिसोर्टबाट हुने नाफाको केही हिस्सा डा. विष्णुमायाको नाममा कोष खडा गरेर जटिल प्रकारका क्यान्सर रोगीका लागि सहयोग गर्ने डा. लामिछानेको योजना छ । 

त्रिशूली किनारामा भेटिने अनुपम आनन्द

हिन्दू नेपालीको आस्थाको केन्द्र रहेको देवघाट धामबाट पैदलै ३० मिनेटमा पुग्न सकिने ठिमुरा रिसोर्ट त्रिशूली नदीको किनारामा अवस्थित छ । आँप, लिची जस्ता फलफूलको बगैँचाबीच रहेको रिसोर्टको मौलिकता नमासियोस् भनेर विशेष ख्याल गरिएको छ । 

कलात्मक ढंगले बनेको रिसोर्टका संरचनामा खोलाकै ढुंगा प्रयोग भएको छ । पुरानो लभ्ली रिसोर्टका ४ वटा भिल्ला (पुरानो अवशेष)बाहेक अधिकांश संरचना ढुंगाले बनाइएको छ । एक प्रकारले यो ढुंगे रिसोर्ट बनेको छ ।

फराकिलो क्षेत्रमा रहेको रिसोर्टमा जंगलको बीचमा शान्त भिल्लाहरू छन् । नदीतर्फ फर्किएको रूमलाई ‘रिभर भिल्ला’ र बनतर्फ फर्किएको रूमलाई ‘जंगल भिल्ला’ नामकरण गरिएको छ । 

रिसोर्ट निर्माणमा बाहिरबाट कामदार आएनन्, धेरैजसो काम स्थानीय चेपाङ जातिका कामदारले गरेका हुन् । 

‘घाम लागे वनमा च्याउ खोज्न जाने र पानी परे खोलामा माछा मार्न जाने’ स्थानीयका लागि रिसोर्टले झण्डै ५ वर्ष गाउँमै रोजगारी सिर्जना गरिदियो । रिसोर्ट निर्माणका क्रममा स्थानीयले रोजगारी पाए । उनीहरूको आर्थिक उन्नतिमा केही हदसम्म मद्दत पुग्यो । 

झण्डै ४ बिगाहा जमिनमा फैलिएको रिसोर्टले पर्यटन विभागबाट ७५ रुम क्षमताका लागि अनुमति पाएको छ । कोरोना महामारी सकिएर पर्यटकीय गतिविधि बढ्न थालेपछि थप्ने योजनामा अहिले भने २३ वटा रुम सञ्चालनमा आएको छ । 

बेडको आकृति रहेको ठूलो ढुंगो माथि बेड राखेर एउटा ‘हनिमुन भिल्ला’ बनाउने योजनामा छन्, डा. लामिछाने ।

त्रिशूली नदी किनाराको ‘बीच’मा टेन्ट राखेर बस्न चाहनेका लागि त्यो पनि सुविधा छ । अन्य होटल रिसोर्टले ‘स्वीट भिल्ला’ भनेर विशेष व्यवस्था गर्ने गरेकोमा ठिमुराले ‘प्रेसिडेन्ट भिल्ला’को व्यवस्था गरेको छ ।

सेमिनार, भोजजस्ता ठूला कार्यक्रमका लागि एक हजार क्षमताको हल बनाइएको छ । कलात्मक ढंगले बनाइएको हल चितवनकै सबभन्दा ठूलो भएको दाबी रिसोर्टको छ । रिसोर्टमा अहिलेसम्म २० करोडमाथि लगानी भएको छ । अहिले ५० जना जतिले जागिर पाएका छन् ।

आफ्नै फार्ममा उत्पादित खाद्यान्नको अनुपम स्वाद

रिसोर्टको बाहिरपट्टि कृषि फार्म छ, जहाँ उत्पादित अर्ग्यानिक तरकारी रिसोर्टका पाहुनाले खान पाउँछन् ।

‘रिसोर्टमा आउनेलाई अर्ग्यानिक खाना खुवाउनु पर्छ भनेर संरचना बनाएर बाँकी रहेको जग्गामा तरकारी लगाएका छौं,’ डा. लामिछानेले भने, ‘यहाँ आउनेले यहीँ पालेका हाँसदेखि खरायोको मासुको स्वाद लिन पाउँछन् । भविष्यमा कुखुरा र खसी पनि पाल्ने योजना बनाएका छौं ।’

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेर बन्द भएको टाइगर टप्स रिसोर्टका सेफले ठिमुरा रिसोर्टको मेनु बनाएका हुन् । ‘टाइगर टपमा काम गरेको सेफ लगायतले मेनु बनाएका हुन् । यहाँ आउनेहरूले खानाको प्रशंसा गरेका छन्, केही न केही मौलिकता दिने प्रयास गछौं’ डा. लामिछानेले भने ।

नेपालमा आउने विदेशी पर्यटकसँगै गैरआवासीय नेपालीहरू एकपटक रिसोर्ट हेर्न आउने उनको विश्वास छ । 

‘चितवन भनेपछि हात्ती र जिप सफारी भन्नेछ । अहिले सौराहाबाट पटिहानी र मेघौली तिर पनि रिसोर्टहरू सञ्चालनमा छन् । हामीले यहाँबाट नारायणगढ र अझै तलसम्म र्याफ्टिङ शुरू गर्दैछौं । यसले ठिमुरामा पर्यटकलाई लोभ्याउने छ,’ डा लामिछानेले भने । 

देवघाटमा आउने भारतीय पर्यटकले देवभूमि नजिकै स्तरीय बसोबासका लागि ठिमुरा उपयुक्त गन्तव्य हुुने लामिछानेको विश्वास छ ।

‘ठिमुराबाट देवघाट हुँदै नवलपुरमा रहेको प्रसिद्ध मौलाकालिका मन्दिरसम्म हाइकिङ गर्नका लागि पदमार्ग पहिचान गरिएको छ,’ उनले भने । 

व्यापारिक र व्यावसायिक घरानाको सदस्य नभए पनि चितवनको पर्यटन विकासका लागि सम्भावना देखेरै रिसोर्टमा लगानी गरेको डा. लामिछाने बताउँछन् । 

‘भारतमा एकजना डाक्टरले सफल ढंगले रिसोर्ट सञ्चालन गरेको देखेको छु, मलाई विश्वास छ यो योजनामा म सफल हुनेछु,’ डा. लामिछानेले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x