३० असार २०८३, मंगलबार

एउटै फिल्ममा अनमोलको दुईथरी ‘लुक्स’, कस्ता देखिएलान् ?

कात्तिक २०, २०७४
एउटै फिल्ममा अनमोलको दुईथरी ‘लुक्स’, कस्ता देखिएलान् ?

काठमाडौं, १७ पुस – नेपाली चलचित्रका धेरैजसो कलाकारले आफ्नो भूमिकामा फरक खालको ‘लुक्स’ दिन नसकेको आरोप आइरहन्छ ।

बलिउड अभिनेता आमिर खानले चलचित्र दंगलका लागि आफ्नो तौल बढाएका थिए । नेपालमा भने अभिनेता सधै उही लुक्समा देखिने गरेको आरोप लागिरहन्छ । चलचित्र ‘कृ’का लागि अनमोल केसीले आफ्नो ‘लुक्स’ फरक बनाउन लागेका छन् । जसका कारण उनी सञ्चारमाध्यममा देखिएका छैनन् ।

उनी नयाँ चलचित्रमा दुई फरक लुक्समा देखिनेछन् । ब्रिटिस लाहुरेको कथामा बन्न लागेको चलचित्रमा अनमोलको एउटा लुक्समा लामो कपाल हुने बताइएको छ । उनको लुक्स हेर्न भने 'फस्ट लुक्स' सार्वजनिक हुने वेलासम्म कुर्नुपर्ने छ । 

अनमोल अहिले आर्मीको भूमिकाका लागि सुहाँउदो ज्यान बनाइरहेका छन् । अर्को लुक्स कस्तो बन्ने भन्ने अझै पक्का भइसकेको छैन । उनी अहिले यही चलचित्रको तयारीमा लागिपरेका छन् ।

तस्वीरः अार्टिस्ट खबरबाट

salt training

कमेन्ट गर्नुहोस्