०७ साउन २०८३, बिहीबार

भीम रावलको प्रश्नः लिपुलेकमा सडक अघि बढाउने मोदीको अभिव्यक्तिमा सरकार किन मौन ?

भीम रावलको प्रश्नः लिपुलेकमा सडक अघि बढाउने मोदीको अभिव्यक्तिमा सरकार किन मौन ?

एमाले नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गर्ने भनि दिएको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । ‘नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक भनाइमा नेपाल सरकार किन मौन ?’, उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।

 लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण रहेको उल्लेख गर्दै उनले एमसीसी सम्झौताबारे देउवा–ओली (प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली) ले वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने लज्जास्पद चरित्र देखिएको समेत बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्