३० असार २०८३, मंगलबार

१९ अंकले बढ्यो नेप्से

१९ अंकले बढ्यो नेप्से

सोमवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

यस दिन शेयर बजार मापक नेप्से परिसूचक १९.४३ अंकले बढ्दै २७८४.९५ विन्दुमा पुगेको छ ।

यस दिन सेन्सेटिभ परिसूचक ३.१६ अंकले बढ्दै ५२२.५३ विन्दुमा पुगेको छ ।

यस दिन १११ कम्पनीको शेयर मूल्य बढेको छ भने ७० कम्पनीको घटेको छ ।

यस्तै ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

कुल २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।

यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, युनियन हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन गुर्खाज् फाइनान्स लिमिटेडको सबैभन्दा बढी २२ करोड ७७ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्