साउन २५, २०७९
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली...
काठमाडाैं | पुस २७, २०७८
सभामुखको हैसियतको सेवासुविधा छाडेको १५ वर्षपछि नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले पूर्वसभामुखको हैसियतमा सरकारी गाडी र इन्धन लिन शुरू गरेका छन् ।
२०६३ सालको जनआन्दोलनले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि उनले सभामुखको हैसियतमा पाउँदै गरेको सुविधा छाडेका थिए ।
सरकारी सुविधा छाडेको १५ वर्षपछि रानाभाटले संसद सचिवालयबाट पूर्व सभामुखको हैसियतमा गाडी, इन्धन र चालक सुविधा लिएका छन् ।
आफ्नै पार्टीको सरकार भएको बेला मन्त्रिपरिषद्बाट निर्णय गराएर रानाभाटले सुविधा लिएका छन् । गाडी र चालकका अतिरिक्त रानाभाटले मासिक १०० लिटर इन्धन सुविधा पाएका छन् ।
२०७८ कात्तिक २२ गते बसेको मन्त्रिपरिषद् बैठकले रानाभाटलाई सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको हो ।
सवारी सुविधा माग गर्दै रानाभाटले संसद सचिवालयमा निवेदन दिएका थिए । संसद सचिवालयले मन्त्रिपरिषद्लाई पत्र लेखेर रानाभाटका लागि गाडी उपलब्ध गराउने निर्णय गरेको हो ।
‘संघीय संसदको च.नं. ५४६ मिति २०७८/१/१४ को पत्रबाट अनुरोध भई आएबमोजिम पूर्व सभामुख श्री तारानाथ रानाभाटका लागि एक सवारी साधन, हलुका सवारी चालक र प्रचलित मापदण्डबमोजिमको इन्धन बराबरको रकम मासिक रुपमा संघीय संसद सचिवालयले उपलब्ध गराउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि रानाभाटले संसद सचिवालयबाट बा १ झ ६०२३ नम्बरको इसुजु गाडी लिएर गएका छन् । गाडीसँगै चालक र पीए पनि लिएका छन् ।
मंसिर १ गते गाडी लिएका रानाभाटले मंसिर महिनाको लागि इन्धन र चालकको भाडासमेत लिएका छन् । हलुका सवारी चालकले मासिक २४ हजार तलब र दुई हजार महँगी भत्ता पाउँछन् ।
पूर्व सभामुखलाई गाडी सुविधा दिनेबारे कुनै ऐन र कानूनमा व्यवस्था नभए पनि मन्त्रिपरिषद्बाट पटके निर्णय गराएर पूर्वसभामुखहरूले सुविधा लिएको पाइएको छ । यस्तो सुविधा लिँदा ‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४’ लाई आधार बनाइएको छ ।
पाँच पूर्वसभामुखले गाडी लिए, दमननाथ मात्र अपवाद
२०४८ सालपछि सभामुख बनेकामध्ये दमननाथ ढुंगानाबाहेक सबै पूर्वसभामुखले संसद सचिवालयबाट गाडी सुविधा लिएका छन् ।
ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुख थिए । लामो समय सक्रिय राजनीतिबाट अलग भएका ढुंगाना २०७४ सालमा भक्तपुर–२ बाट चुनाव लडेका थिए । एमालेका महेश बस्नेतसँग पराजित भएपछि उनी सक्रिय राजनीतिमा छैनन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आयोजना गरेको धर्नामा उनी सहभागी भएका थिए ।
२०५१ सालदेखि २०५६ सालसम्म सभामुख रहेका रामचन्द्र पौडेल, २०६३ सालपछि सभामुख तथा २०६५ देखि २०७२ को कालखण्डमा संविधानसभाको अध्यक्ष बनेका सुवास नेम्वाङले पनि गाडी सुविधा लिएका छन् ।
२०७२ देखि २०७४ सालसम्म सभामुख बनेकी ओनसरी घर्ती र २०७४ देखि २०७६ असोजसम्म सभामुख बनेका कृष्णबहादुर महराले पनि पूर्वसभामुखको हैसियतमा गाडी सुविधा लिएका छन् ।
सभामुखबाट राजीनामा गरेलगत्तै महराले सुविधाका लागि निवेदन दिएकोमा मन्त्रिपरिषद्ले लामो समय ‘लिंगरिङ’ गरेर निर्णय गरेको थियो । २०७७ मंसिर १८ गतेको मन्त्रिपरिषद्को एउटै बैठकबाट महरा र पौडेललाई सुविधा दिने निर्णय गराइएको छ ।
आत्मनिर्भर हुँदासम्म लिइनँ, अहिले लिएँ- रानाभाट
१५ वर्षपछि सरकारी गाडी सुविधा लिएका रानाभाटले आफू आत्मनिर्भर हुँदासम्म गाडी सुविधा नलिएको र अहिले लिएको प्रतिक्रिया दिएका छन् ।
‘सुविधा लिएँ त के फरक पर्यो र ? १५–१६ वर्षसम्म म आत्मनिर्भर थिएँ, त्यसकारण सुविधा लिइनँ,’ उनले भने, ‘अहिले आवश्यक पर्यो अनि सुविधाका रुपमा एउटा गाडी लिएको छु ।’
उनले सरकारले उपलब्ध गराएको सेवा सुविधा सबै भने नलिएको दाबी गरे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा बुधवार पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठ...
सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मन्त्र...
स्याङ्जामा ६ हजार ४०० नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि शुरू भएको मतदाता नामावली संकलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश ...
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आका&...
‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् । ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...