
पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ नमूना परीक्षणमध्ये १९८१ पीसीआर र ४६३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६०७ छ ।
मन्त्रालयका अनुसार थप ३१३ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ ।
हाल मुलुकभर ९ हजार ५२२ सक्रिय संक्रमित छन् ।