३१ जेठ २०८३, आइतबार

स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहारबाट हत्या, एक जना पक्राउ

स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहारबाट हत्या, एक जना पक्राउ
सांकेतिक तस्वीर।

स्याङ्जामा बुधवार १६ महिने बालकको चक्कु प्रहार गरेर हत्या गरिएको छ । बालकको हत्या आरोपमा एउटै घरको कोठामा बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार चक्कु प्रहारबाट बालककी ५ वर्षीया दिदी पनि घाइते भएकी छन् । 

उनीहरू वालिङ नगरपालिका–१२ सिर्सीबोटका रणमाया गुरुङका छोराछोरी हुन् । 

ज्याला मजदुरीको काम गर्दै आएका जितेन्द्र कोठामा एक्लै बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

‘जितेन्द्रका परिवार विदेशमा बस्दै आएको भन्ने खुलेको छ,’ डीएसपी अधिकारीले भने, ‘उनको मानसिक अवस्थामा ठिक देखिएको तर के कारणले चक्कु प्रहार गरे अझै खुलेको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्