
पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५६० नमूना परीक्षणमध्ये ४२०४ पीसीआर र ८८३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
हालसम्मको मृत्यु संख्या ११ हजार ६१३ छ ।
मन्त्रालयका अनुसार थप ३०६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १५ हजार ६५३ पुगेको छ ।
हाल मुलुकभर १८ हजार २३५ सक्रिय संक्रमित छन् ।