२५ असार २०८३, बिहीबार

सुदूरपश्चिममा एकैदिन ३८३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा एकैदिन ३८३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकैदिन थप ३८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट २ हजार ३१ जनाको नमूना परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।  

पीसीआरमार्फत ७३ र एन्टीजेनमार्फत ३१० जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६६, जिल्ला अस्पताल डोटीमा ६, कमलबजार अस्पतालमा १ र एन्टीजेनमार्फत कैलालीमा १९०, कञ्चनपुरमा १०१, डोटीमा ११ र बैतडीमा ८ जनामा संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा प्रदेशभर १० जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्