×

NMB BANK
NIC ASIA

नर्भिकले माघ २ देखि कोभिड ओपिडी सुरु गर्ने

पुस ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने निर्णय गरेको छ ।
नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ संचालन गर्न लागेको हो ।

Muktinath Bank

माघ २ गतेदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा कोभिड ओपिडी सेवा संचालन हुनेछ । कोभिड ओपिडीमा कोभिड भएका वा कोभिड भइसकेकाहरुमा देखिनसक्ने स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिइनेछ । चेष्ट फिजिसियनसहितका विशेषज्ञहरुबाट परामर्श सेवासहित अस्पताल भर्ना गर्नुपर्ने कोभिड संक्रमितहरुलाई त्यही रहेको कोभिड वार्ड तथा कोभिड आइसियूमा राखी उपचार गरिनेछ ।
कोभिडबाट संक्रमित भई सामान्य स्वास्थ्य समस्या भोग्ने र कोभिडपछि पनि विभिन्न समस्या भोग्नेहरुलाई लक्षित गरी डेडिकेटेड चिकित्सकसहितको ‘कोभिड ओपिडी’ संचालन गर्ने नर्भिक संभवत देशकै पहिलो निजी क्षेत्रको अस्पताल समेत हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि नर्भिक तथा अन्य अस्पतालहरुले फिभर क्लिनिक संचालन गरे पनि कोभिड संक्रमितलाई नै लक्षित गरी ओपिडी सेवा नै भने सुरु गरेका थिएनन् ।  
यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकाहरुमा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो । निकै सस्तो मूल्यको यो प्याकेज लिएर कोभिड निको भएर पनि विभिन्न समस्या भोगिरहेका सयौं बिरामीले गुणस्तरीय परामर्श सेवा र उपचार पाएका थिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x