
सोमवार शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ ।
यस दिन बजार मापन गर्ने नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा रोकिएको छ ।
मंगलवार २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १९.४६, जलविद्युत ५५.९४, जीवन बीमा ८०.२७, उत्पादन तथा प्रशोधन ९९.३२, निर्जीबन बीमा ५०.४१ र अन्य समूहको परिसूचकमा २३.८६ अंकको सुधार देखिएको छ ।
कारोबारमा विकास बैंक २३.३३, माइक्रोफाइनान्स समूहको उपसूचकमा ६.५४ अंकको गिरावट आएको छ ।
बजारमा सुधार आउँदा मध्ये भोटेकोशी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिनको कारोबारमा गुमाउने भन्दा कमाउने कम्पनी धेरै रहेका छन् ।