×

NMB BANK
NIC ASIA

प्रदेश १ सरकारलाई नामकरण गर्न नैतिक दवाव, मुख्यमन्त्री भन्छन् : हिउँदे अधिवेशनमा नै टुंगो लगाउछौँ

माघ ४, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रदेश २ ले आफ्नो नाम पाएपछि नाम बिहिन बनेको प्रदेश १ सरकारलाई नैतिक दबाब शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

४ वर्ष बित्न लाग्दा समेत नाम पाउन नसकेको भन्दै चौतर्फी बिरोध भइरहेका बेला प्रदेश २ ले सोमवार (हिजो) मधेश प्रदेश नामकरण गरेको छ । तर प्रदेश १ ले भने अहिलेसम्म नामकरण गर्न सकेको छैन ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशमा ३ वटा  मुख्यमन्त्री बनिसके तर प्रदेशले आफ्नो नाम पाउन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

२०७६ वैशाख २३ गते प्रदेश राजधानीको टुंगो लागेको प्रदेशमा सत्तारुढ नेकपा एक्लैसँग प्रदेश सभामा दुईतिहाइ बहुमत भए पनि नाम टुंगो लगाउन सकेन ।

Vianet communication
Laxmi Bank

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भने प्रदेशको नामकरण हिउँदे अधिवेशनमै टुंगो लगाउने दावी गर्दै आएका छन् ।

एक मन्त्रीको नेतृत्वमा कार्यदल बनाएर संसद शुरू हुनासाथ नामकरणको बिषयमा छलफललाई अगाडि बढाउने उनले बताए । 

अहिले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश भएपछि सामाजिक संजालमा प्रदेश १ को नाम नराखेको भन्दै सरकार र सांसदको चर्को आलोचना भइरहेको छ । 

प्रदेशको नाम विराट ,विजयपुर, कोचिला, कोसी, सगरमाथा, किरात, लिम्बुवानमध्ये कुनै एक नाम राख्न पनि सामाजिक संजालमा दबाब दिएका छन्  ।

एमालेका सांसदहरु प्रदेशको नाम भूगोल र पहिचानका आधारमा राखिनुपर्नेमा विभाजित हुदै आएका छन् ।

आदिवासी जनजाति प्रदेश सांसदहरु पहिचानका आधारमा नामकरण हुनु पर्ने बताउँदै आएका छन् भने खस, आर्य, मधेसी लगायतका सदस्य भूगोलको पक्षमा देखिएका छन् । सहमतिकै आधारमा नामकरण हुनुपर्ने पक्षमा प्रदेशका सांसदहरु रहेका छन् । नेकपा एकीकृत समाजवादीकै प्रदेश सांसद उपेन्द्र घिमिरे भन्छन्,'साझा सहमतिका आधारमा प्रदेशको नामकरण गर्नुपर्छ ।'

प्रदेश सभामा दुईतिहाइ बहुमतसहित पहिलो मुख्यमन्त्री बनेका शेरधन राईले प्रदेशको नामको विषयमा कुनै छलफल अघि बढाउन चाहेनन् ।

किरातसँग कोशी तथा सगरमाथाको नाम जोडेर प्रदेशको नाम राख्ने इच्छा बनाएका मुख्यमन्त्री राईले तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । छलफलमा ओलीले अगाडि थपिने नाम हटाउन निर्देशन दिएको उनी निकटका नेताहरु बताउँछन् । आदिवासी समुदायका मुख्यमन्त्री राई ओलीको निर्देशनपछि प्रदेशको नामकरणको विषयमा मौन रहेर नै आफ्नो कार्यकाल बिताए । 

९३ सदस्यीय प्रदेश सभामा सभामुख र उपसभामुखबाहेक ६५ सदस्यीय नेकपा संसदीय दलको नेता उनै राई थिए । साढे ३ वर्ष नेतृत्व गरेका राईले प्रदेशको नाम दिन सकेनन् ।

बरु मुख्यमन्त्रीबाट बिदा हुँदै गर्दा राईले भीम आचार्यको काँधमा प्रदेशको नामकरणको बोझ सुम्पेका थिए । भदौ ११ गते पत्रकार सम्मेलन गर्दै राईले आफूले नाम राख्न नसकेकोमा पश्चाताप भएको बताएका थिए । उनले एमाले नेतृत्वकै सरकारले नाम राख्ने बताएका थिए ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्यलाई प्रदेशको नामकरणको विषयमा सोच्ने फुर्सद नै भएन । भदौ १० गते मुख्यमन्त्री भएका आचार्य १ हप्ता नबित्दै अल्पमतमा परेका थिए । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद गएपछि उनी अल्पमतमा परेका थिए । उनलाई आफ्नो पद जोगाउनै संकट परेपछि नामकरणबारे सोच्ने कुरै भएन ।

आचार्यले कात्तिक १५ गते राजीनामा दिएपछि १६ गते नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यन्त्री बनेका छन् । मुख्यमन्त्री हुँदै गर्दा राईले प्रदेश नामकरण पहिलो प्राथमिकता भएको बताएका थिए । तर अढाई महिना बितिसक्दा पनि नामकरणको प्रक्रिया शुरू हुन सकेको छैन । उनले भने आफ्नै कार्यकालमा नामकरण गरी छाड्ने दावी गर्दै आइरहेका छन् । 

मुख्यमन्त्री राईसामु पनि नामकरण ‘फलामको चिउरा’ जस्तै छ । नाम टुंगो लगाउन दुईतिहाइ बहुमतले पास गर्नुपर्ने भए पनि उनी बहुमतका आधारमा मात्रै मुख्यमन्त्री बनेका छन् । दुई तिहाई बहुमत पुर्याउनका लागि उनले एमालेको साथ लिनुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x