३० असार २०८३, मंगलबार

मधेश प्रदेश नामकरणमा प्रचण्डले दिए बधाई, आफ्नै पार्टीको एजेन्डाअनुसार भएको दाबी

मधेश प्रदेश नामकरणमा प्रचण्डले दिए बधाई, आफ्नै पार्टीको एजेन्डाअनुसार भएको दाबी
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको उल्लेख गरेका छन् ।

'हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाका सम्पूर्ण  माननीय सदस्यहरू र मधेश प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु,' प्रचण्डले लेखेका छन् ।

साविक प्रदेश २ को प्रदेश सभाको सोमवारको बैठकबाट प्रदेश नामकरण र राजधानीको टुंगो लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्