२२ असार २०८३, सोमबार

गोवा पुगेर अरविन्द केजरीवालले गरे नयाँ मुख्यमन्त्री उम्मेदवारको घोषणा

माघ ५, २०७८
गोवा पुगेर अरविन्द केजरीवालले गरे नयाँ मुख्यमन्त्री उम्मेदवारको घोषणा

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् ।

आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभित्रै पञ्जाब र गोवामा हुने चुनावका लागि आपले मुख्यमन्त्री उम्मेदवार घोषणा गरेको छ ।

आपले पञ्जाबमा भगवंत मानलाई मुख्यमन्त्री बनाउने घोषणा गरेको छ भने गोवामा अमित पालेकरलाई मुख्यमन्त्री बनाउने घोषणा गरिएको छ ।

मंगलवार गोवा पुगेका आप अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार पत्रकार सम्मेलन गर्दै अमितलाई भावी मुख्यमन्त्री घोषणा गरेका हुन् ।

केजरीवालले गोवाका जनता पुराना पार्टी देखेर दिक्क भइसकेकाले अब आपलाई मतदान गर्ने बताए । उनले भने, ‘पुराना पार्टी देखेर जनता दिक्क भइसकेका छन्, जसले राजनीति कब्जा गरेका छन्, सत्तामा पुगेर पैसा कमाउँछन् र त्यही पैसाले सत्तामा आउँछन् । गोवाका जनता परिवर्तन खोजिरहेका छन्, त्यसैले अब आम आदमी पार्टी आएको छ ।’

आपले सबै धर्म, क्षेत्रलाई सम्मान हुने गरी पढेलेखेका व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको केजरीवालले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्