२३ जेठ २०८३, शनिबार

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क १५ सयभन्दा बढी लिन नपाउने

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क १५ सयभन्दा बढी लिन नपाउने

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क एक हजार ५०० भन्दा बढी लिन नपाउने भएका छन् । यसअघि अधिकतम लिन पाउने शुल्क दुई हजार थियो । 

स्वास्थ्य मन्त्रालयले मूल्य समायोजन गर्दै निजी प्रयोगशालाले अधिकतम एक हजार ५०० शुल्क लिन सक्ने जनाएको हो । त्यस्तै सरकारी प्रयोगशालामा पीसीआर परीक्षण शुल्क ८०० रूपैयाँ तोकिएको छ । यसअघि एक हजार रूपैयाँ थियो । 

लक्षण देखिएकाहरूको हकमा भने सरकारी प्रयोगशालाहरूमा पीसीआर परीक्षण निःशुल्क गर्न सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्